close

कनेक्ट आईपीएसका नयाँ युजरलाई रू. २५ को मोबाइल रिचार्ज, इन्टरनेट बिल भुक्तानीमा रू. १०० क्याशब्याक

टेकपाना टेकपाना

मंसिर १, २०७९ ८:२६

कनेक्ट आईपीएसका नयाँ युजरलाई रू. २५ को मोबाइल रिचार्ज, इन्टरनेट बिल भुक्तानीमा रू. १०० क्याशब्याक

काठमाण्डौं । कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न विन्टर अफर ल्याएको छ । आजदेखि माघ २९ गतेसम्म चल्ने अफरमा प्रयोगकताले कनेक्ट आईपीएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदा प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

बैंकका ग्राहकले कनेक्ट आईपीएसमा नयाँ युजर बन्दा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा रु. २५ को रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै रु. २५ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी कनेक्ट आईपीएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा रु. १०० क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना पाँच भाग्यशाली विजेताले निःशुल्क वार्षिक सब्सक्रिप्सन (अधिकतम रु १५,००० सम्म) समेत प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले कनेक्ट आईपीएस मोबाइल एप डाउनलोड गरी वा कनेक्ट आईपीएस डटकममा गई नयाँ युजर बनाउन सक्नेछन् र एक पटकको भेरिफिकेसनपछि एक वा सोभन्दा बढी बैंक खाता लिंक गरी अनलाइन सेल्फ भेरिफाई वा सम्बन्धित बैंक वित्तीय संस्थामार्फत एक पटक भेरिफाई गराउनुपर्ने हुन्छ ।

कनेक्ट आईपीएस बैंकका ग्राहकहरुका लागि एकै प्लेटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ति एक विकल्प हो । कनेक्ट आईपीएसको वेबमार्फत प्रति कारोबार रु. २० लाखसम्म र यसको मोबाइल एपमार्फत प्रति कारोबार दुई लाखसम्मको भुक्तानी गर्न सकिन्छ ।

यसमार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक जरिवाना, शेयर कारोबार लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १, २०७९ ९:३७