close

नेपालमा ओटीटी प्लेटफर्मबाट विश्वकप हेर्न सकिने सम्भावना कम

टेकपाना टेकपाना

मंसिर १, २०७९ १५:५७

नेपालमा ओटीटी प्लेटफर्मबाट विश्वकप हेर्न सकिने सम्भावना कम

काठमाडौं । नेपालमा ओटीटी (ओभर द टप) प्लेटफर्मबाट विश्वकप फुटबल २०२२ का खेल हेर्ने सम्भावना कम हुँदै गएको छ । विश्वकप फुटबलको प्रसारण अधिकार लिएको मिडिया हबका अनुसार ओटीटी सेवामार्फत खेल प्रसारण हुने सम्भावना न्यून छ ।

टेकपानासँग कुरा गर्दै मिडिया हब प्रालिका अध्यक्ष सोम धितालले ओटीटीका लागि अहिलेसम्म कसैलाई स्वीकृति नदिएको प्रष्ट पारे ।

''टेलिभिजनभन्दा ओटीटी प्लेटफर्ममा लिकेज (बाहिरिने) हुने सम्भावना बढी रहन्छ । प्राविधिक रूपमा हामी विश्वस्त नभएसम्म कसैलाई पनि ओटीटीबाट प्रसारण गर्ने अधिकार दिँदैनौँ । बरु ओटीटी प्लेटफर्म खाली नै रहन्छ,'' उनले थपे ।

पछिल्लो अध्यावधिक: मंसिर १, २०७९ १५:५७