close

खानेपानीको अनलाइन भुक्तानी सेवा चार दिन बन्द रहने

टेकपाना टेकपाना

मंसिर २, २०७९ ८:२

खानेपानीको अनलाइन भुक्तानी सेवा चार दिन बन्द रहने

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले चार दिनको लागि खानेपानी महशुलको अनलाइन भुक्तानी सेवा बन्द गर्ने भएको छ । सूचना अनुसार खानेपानीको महशुल भुक्तानी मंसिर ६ गते बिहान १० बजेदेखि मंसिर ९ गते बेलुका पाँच बजेसम्म बन्द रहने छ । 

सम्बन्धित सेवाको सफ्टवेयर प्रणालीहरू अद्यावधिक गर्नुपर्ने भएको हुँदा अनलाइन सेवा प्रभावित हुने कम्पनीले जनाएको छ । 

यो अवधिभर कम्पनीको सम्पूर्ण शाखा कार्यालयहरूका अनलाइन भुक्तानी सेवा बन्द रहनेछ । यो सँगै कम्प्युटर मार्फत हुने नयाँ धारा जडानको आवेदन र गुनासो संकलनको काम पनि बन्द रहने कम्पनीले जनाएको छ ।     

 

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ ८:२