close

१२ जीबी र्‍याम सहित सार्वजनिक भयो ओप्पो ए वन प्रो

टेकपाना टेकपाना

मंसिर २, २०७९ ११:३९

१२ जीबी र्‍याम सहित सार्वजनिक भयो ओप्पो ए वन प्रो

काठमाडौं । ओप्पो ब्रान्डको मिडरेन्ज स्मार्टफोन 'ओप्पो ए वन प्रो' सार्वजनिक भएको छ । यो मोडेल ‌ओप्पोको ए सिरिजको पहिलो 'प्रो' मोडल हो ।  यसमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.७ इन्च डिस्प्ले उपलब्ध गराइएको छ जसमा कर्भ्ड पन्चहोल डिस्प्ले छ । १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित फोनमा दुई मेगापिक्सेलको डेप्थ सेन्सर र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
 
क्वालकमको स्न्यापड्रागन ६९५ एसओसी प्रोसेसर प्रयोग भएको यो फोन ८ जीबी र १२ जीबी र्‍यामको भेरियन्टमा उपलब्ध छ । फोनमा ६७ वाटको फास्ट चार्जिङ सहितको ४,८०० एमएएचको ब्याट्री पनि दिइएको छ । यस लगायत फोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, डुअल स्टेरियो स्पिकर, माइक्रोएसडी कार्ड स्लट, कन्ट्याक्टलेस पेमेन्टको लागि एनएफसी लगायतका अन्य फिचरहरू पनि उपलब्ध छन् । 

चिनियाँ बजारमा स्मार्टफोनको मूल्य १,७९९ युआनबाट सुरु हुन्छ । ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १,७९९ युआन (करिब ३२ हजार ९०० रुपैयाँ) तोकिएको छ भने ८ जीबी र्‍याम सहित २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य १,९९९ युआन (करिब ३६,६०० रुपैयाँ) तोकिएको छ । त्यस्तै १२ जीबी र्‍याम सहित २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य २,२९९ युआन (करिब ४२,००० रुपैयाँ) तोकिएको छ । 

यो फोन मुन सि ब्ल्याक, डन गोल्ड र मर्निङ रेन ब्लु कलरमा उपलब्ध छ ।    

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ ११:३९