close

तपाईँको नेटफ्लिक्स अकाउन्ट अरू कसैसँग छ ? यसरी हटाउनुहोस्

टेकपाना टेकपाना

मंसिर २, २०७९ १२:१०

तपाईँको नेटफ्लिक्स अकाउन्ट अरू कसैसँग छ ? यसरी हटाउनुहोस्

काठमाडौं । अरूको अकाउन्ट प्रयोग गरेर भिडिओ हेर्ने प्रयोगकर्ताको सङ्ख्या घटाउन नेटफ्लिक्स लागिपरेको छ । यसअन्तर्गत कम्पनीले हालै नयाँ फिचर सार्वजनिक गरेको छ । यसका माध्यमबाट प्रयोगकर्ताले आफ्नो नेटफ्लिक्स अकाउन्टबाट अन्य अकाउन्टलाई हटाउन सक्नेछन् ।

नेटफ्लिक्सको नयाँ फिचर 'मेनेज एक्सेस एन्ड डिभाइस'मा गई अनावश्यक डिभाइस हटाउन सकिने कम्पनीले जनाएकाे छ । उक्त सेक्सनमा गएर कुन-कुन डिभाइस तपाईँको अकाउन्टमा लिङ्क भएका छन् भनेर हेर्न सकिन्छ । त्यस्तै उक्त फिचरबाट कुन डिभाइस कतिबेला प्रयोग भएको छ भन्ने जानकारी पाउन सकिन्छ ।

नेटफ्लिक्सको 'किकिङ डिभाइस फ्रम नेटफ्लिक्स टुल' प्रायः प्रयोगकर्ताका लागि उपयोगी हुने कम्पनीको विश्वास छ । यदि तपाईँले कसैलाई आफ्नो नेटफ्लिक्स अकाउन्ट प्रयोग गर्न दिनुभएको छ भने अब सजिलै हटाउन सक्नुहुन्छ ।

अरूलाई अकाउन्ट शेयर गर्दा अतिरिक्त शुल्क तिर्नुपर्ने भएपछि प्रयोगकर्ता दिक्दार भएका थिए । अब पासवर्ड शेयर गर्दा शुल्क नतिर्ने प्रयोगकर्तालाई तपाईँ सजिलै हटाउन सक्नुहुन्छ ।

यसैगरी आफ्नै डिभाइसमा नेटफ्लिक्स प्रयोग गर्दा अन्य अकाउन्टमा प्रोफाइल शेयर गर्न सक्छन्, जसका माध्यमबाट पासवर्ड शेयर नगरेरै अर्को डिभाइसबाट नेटफ्लिक्स शेयर गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ १२:१०