close

खल्तीबाट विश्वकप फुटबलको टिभी प्याकेज लिन सकिने, प्रयोगकर्तालाई विभिन्न पुरस्कार जित्ने अवसर

टेकपाना टेकपाना

मंसिर २, २०७९ १३:४६

खल्तीबाट विश्वकप फुटबलको टिभी प्याकेज लिन सकिने, प्रयोगकर्तालाई विभिन्न पुरस्कार जित्ने अवसर

काठमाडौं । आइतबारदेखि हुने विश्वकप फुटबल २०२२ का लागि डिजिटल वालेट खल्तीले वर्ल्डकप टिभी प्याकेज ल्याएको छ । यसअन्तर्गत भ्याटसहित ५६५ रुपैयाँ तिरेर खल्तीबाट विश्वकप प्याकेज लिन सकिनुका साथै प्रयोगकर्ताले विभिन्न उपहार जित्नसक्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीले ल्याएकाे '१,००० वर्ल्ड कप टिभी प्याकेज'मा खल्ती ‘विश्वकप’ खल्ती क्विज, डिल डे अफर, दामी क्यूआर स्क्यान लगायतका अफर सञ्चालनमा रहनेछन् । यसअन्तर्गत लक्की ड्रबाट छानिएका केही प्रयोगकर्ताले विश्वकप टिभी प्याकेज खरिदमा शतप्रतिशत क्याशब्याक पाउने बताइएकाे छ ।

खल्ती एपभित्र नेटटिभी लगायतका अन्य टिभि प्रदायकहरूको वर्ल्डकप टिभी प्याकेजहरू उपलब्ध छन् । सबै खल्ती प्रयोगकर्ता अफरमा सहभागी हुन सक्नेछन् भने लक्की ड्रका लागि योग्य हुन केवाईसी भेरिफाइड अनिवार्य छ ।

केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केही मिनेटमै केवाईसी भेरिफाई गराएर अफरमा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ १४:०