close

एनआईसी एसिया बैंकको नयाँ सेवा, अब भिडिओ कलबाटै केवाईसी अपडेट गर्न सकिने

टेकपाना टेकपाना

मंसिर २, २०७९ १४:२८

एनआईसी एसिया बैंकको नयाँ सेवा, अब भिडिओ कलबाटै केवाईसी अपडेट गर्न सकिने

काठमाडौं । एनआईसी एसिया बैंकले भिडिओ केवाईसी सेवा सञ्चालनमा ल्याएको छ । योसँगै अब ग्राहकले घर वा अफिसबाटै आफ्नो बैंक खाताको केवाईसी विवरण अपडेट गर्नसक्ने छन् ।

बैंकको वेबसाइटमा रहेको 'अनलाइन एप्लिकेसन' क्लिक गरी 'ई-केवाईसी' छनोट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अपडेटको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा ईमेल वा दुवै विकल्प छनोट गरी सब्मिट गर्नुपर्नेछ ।

त्यसपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरण भरी अनुकूल समयमा भिडिओ कलमार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् वा बैंकिङ समयमा भिडिओ कलका लागि अपोइन्टमेन्ट बुक गरी सो समयमा केवाईसी विवरण अपडेट गर्न सक्नेछन् ।

बैंकले यसअघि अनलाइन खाता खोल्ने ग्राहकका लागि विवरण अपडेट गर्न सकिने 'भिडिओ केवाईसी' सेवाको सुरुवात गरिसकेको छ ।

ग्राहकले भिडिओ केवाईसीका लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचानपत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचयपत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडिओ कलमार्फत देखाउनुपर्छ ।

यसरी भिडिओ केवाईसीमार्फत केवाईसी विवरण अपडेट गरेपछि ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सकिनेछ । स्वदेश वा विदेशमा रहेका ग्राहकलाई भिडिओ कलका माध्यमबाट ग्राहक पहिचानसम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट ग्राहक महानुभावहरूलाई उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ १४:२८