close

नागरिक एपमै मतदान क्रम सङ्ख्या हेर्न मिल्ने, मतदान स्थलसम्म जाने बाटो पनि देखिने

टेकपाना टेकपाना

मंसिर २, २०७९ १४:४४

नागरिक एपमै मतदान क्रम सङ्ख्या हेर्न मिल्ने, मतदान स्थलसम्म जाने बाटो पनि देखिने

काठमाडौं । सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका लागि तयार पारिएको नागरिक एपमार्फत आफ्नो मतदान स्थल थाहा पाउन र त्यहाँसम्म पुग्ने बाटो फेला पार्न सकिने भएको छ । मतदाताले नागरिक एपमा आफ्नो मतदाता परिचयपत्र लिङ्क गरी आफ्नो परिचयपत्रको सम्पूर्ण विवरण थाहा पाउन सकिन्छ ।

जसमा मतदाता क्रम सङ्ख्या र मतदान केन्द्र समेत समावेश छ । यस आधारमा मतदाताले कुन लाइनमा बस्नुपर्ने हो भन्ने कुराको जानकारी समेत हुन्छ ।

परिचयपत्रको पालपट्टि नक्सामा मतदान केन्द्र हेर्न सकिने बटन राखिएको छ । त्यसमा सम्बन्धित मतदाताको मतदान स्थलसम्म पुग्न गुगल म्याप देखिन्छ । मतदाताको आवश्यक विवरणका लागि नागरिक एपले सोझै निर्वाचन आयोगको सिस्टममा लिङ्क गरेको छ ।

यद्यपि निर्वाचन आचार संहिताको व्यवस्था अनुसार मतदान स्थलभित्र मोबाइल भने लैजान निषेध गरिएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ १५:०