close

नेसनल पेमेन्ट स्वीचमा जोडियो नेपाल लाइफ इन्स्योरेन्स

टेकपाना टेकपाना

मंसिर २, २०७९ १५:२

नेसनल पेमेन्ट स्वीचमा जोडियो नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणाली नेसनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध गर्ने भएको छ । हालै यी दुई कम्पनीबीच डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने व्यवस्था लागू गर्न एक सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । याे सम्झौतापछि नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी नेपाल पेमेन्ट स्वीचअन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिनेछ ।

यसमार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ भने नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रक्रिया पनि थप व्यवस्थित हुने विश्वास लिइएको छ ।

साथै नेपाल लाइफले एनपीएसमा उपलब्ध अन्य उपकरणको प्रयोग गरी थप नयाँ सेवा पनि ल्याउनसक्ने छ ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ १५:२