close

विश्वकप फुटबल लाइभ हेर्न कसरी लिने टिभीको सब्सक्रिप्सन ?

टेकपाना टेकपाना

मंसिर २, २०७९ १९:३६

विश्वकप फुटबल लाइभ हेर्न कसरी लिने टिभीको सब्सक्रिप्सन ?

काठमाडौं । आइतबारदेखि सुरु हुने फिफा फुटबल विश्वकप २०२२ टेलिभिजनमा हेर्न नेपालीहरुले थप शुल्क तिर्नुपर्ने भएको छ । विश्वकपको प्रसारण अधिकार पाएको मिडिया हबले हिमालय प्रिमियम च्यानलबाट खेलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको छ ।

यसका लागि उपभोक्ताले टेलिभिजन सेवा प्रदायक वा केबल अपरेटरलाई भ्याटसहित ५६५ रुपैयाँ छुट्टै भुक्तानी गर्नुपर्ने हुन्छ । विभिन्न वालेट जस्तै; फोनपे, आईएमई पे, खल्ती, ईसेवा आदिबाट भुक्तानी गरी याे च्यानल सब्सक्राइब गर्न सकिन्छ ।

हामी यहाँ खल्ती वालेटबाट कसरी फिफा विश्वकप २०२२ को सब्स्क्रिप्सन कसरी लिन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ  । 

-सबैभन्दा पहिले खल्ती एप खोल्नुहोस् ।

-स्क्रोल गर्दै तल गएपछि त्यहाँ फिफा वर्ल्डकपको सेक्सन देख्न सकिन्छ ।

-त्यहाँबाट आफ्नो केबल अपरेटर नेटवर्क छान्नुहोस् । (हामी यहाँ नेट टिभी वर्ल्ड कप सेक्सनमा जाँदैछौँ ।)

त्यसपछि तपाईँलाई युजरनेम राख्न भनिएको हुन्छ । (केहीमा सब्स्क्राइबर आईडी राख्न भनिएको हुन्छ भने कतिपयमा कस्टुमर आईडी राख्न भनिएको हुन्छ ।)

-त्यहाँ युजरनेम भए युजरनेम वा कस्टुमर आईडी भए तपाईँको केबल अपरेटर अनुसारको युजरनेम वा कोड राख्नुहोस् ।

यति गरिसकेपछि तपाईँलाई एसटीबी छान्न भनिएको हुन्छ । त्यहाँबाट प्राइमरीको अप्सनमा भएको कोड छान्नुहोस् ।

-अनि प्याकेजमा गएर 'फिफा वर्ल्ड कप' प्याकेज छान्नुहोस् ।

-त्यसपछि 'नेक्स्ट' अप्सनमा जानुहोस् ।

-अब भुक्तानी गर्नुहोस् । 

 

@techpana How to subscribe worldcup package#techpana #techpananews #football #live #khalti #nettv #nettv ♬ original sound - TechPana

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ १९:४८