close

गेममा आउट हुँदा वा मारिँदा वास्तविक जीवनमा पनि मार्ने भीआर बक्स तयार

टेकपाना टेकपाना

मंसिर ३, २०७९ ९:३३

गेममा आउट हुँदा वा मारिँदा वास्तविक जीवनमा पनि मार्ने भीआर बक्स तयार

काठमाडौं । यदि कुनै पनि खेलमा खेलाडी मारिँदा उनीहरू वास्तविक जीवनमा मर्नुपर्ने भए कस्तो होला ? यो कुरा साेच्दा नै मान्छेको शरीर जिरिङ्ग हुन्छ ।

'ओकुलस' नामक भीआर डिभाइस निर्माता कम्पनीका संस्थापक पालमेर लकीले एउटा त्यस्तै भीआर हेडसेट बनाएका छन्, जसले खेलाडी गेममा आउट भयो वा मारियो भने उ वास्तविक जीवनमा पनि मारिन्छ ।

जो व्यक्तिले साइन्स फिक्सन फ्लिम हेर्ने गरेका छन् वा त्यस्तै पुस्तक पढ्छन्, उनीहरूका लागि यो विषय नौलो होइन । उनीहरूले ती फिल्म हेर्दा वा पुस्तक पढ्दा कल्पना गरेको कुरा लकीले वास्तविक जीवनमै ल्याइदिएका छन् ।

लकी उक्त भीआर हेडसेट बनाउन चर्चित एनिमी (anime) तथा सोर्ड आर्ट अनलाइन भनिने पुस्तकको सिरिजबाट प्रभावित भएका थिए । उक्त सिरिजमा सहभागीहरू लडाइँको एउटा त्यस्तो सिम्युलेटरमा फस्छन, जहाँ उनीहरू खेलमा मारिए भने वास्तविकतामा पनि मर्छन् ।

लकीले नोभेम्बर ६ मा ब्लगपोस्ट राख्दै आफूले बनाएको भीआर हेडसेटले कसरी काम गर्छ भन्ने कुराको जानकारी दिएका छन् । लकीले याे भीआर बक्स त्यस्तो डिभाइस भएको दावी गरेका छन्, जसले प्रयोगकर्तालाई वास्तविक रूपमा मार्न सक्छ ।

लकीका अनुसार उक्त भीआर बक्समा तीन ओटा विस्फोटक चार्ज मोडुलस प्रयोग भएका छन् । त्यस्तै उक्त भीआर हेडसेटमा फोटोसेन्सर रहेको हुन्छ । यसले स्क्रिन रातो भएको कुरा पत्ता लगाउन विशेष फ्रिक्वेन्सी प्रयोग गर्छ ।

गेम ओभर हुँदा त्यही फ्रिक्वेन्सीको माध्यमबाट फोटोसेन्सरले प्रयोगकर्ता मारिएको पुष्टि गर्छ । त्यसपछि उक्त हेडसेटमा भएको विस्फोटक पदार्थ दिमागकै छेउमा पड्कन्छ र प्रयोगकर्ताको मृत्यु हुन्छ । 

"This might be a game, but it is not something you play."

To commemorate the Sword Art Online Incident of November 6th 2022, I made the OQPNVG, the first virtual reality device capable of killing the user - if you die in the game, you die in real life.https://t.co/F3nkP5EU61

— Palmer Luckey (@PalmerLuckey) November 6, 2022

पछिल्लो अध्यावधिक: मंसिर ३, २०७९ १०:२८