close

डिशहोम ग्राहकले विश्वकप फुटबल लाइभ टुके क्वालिटीमा हेर्न पाउने

टेकपाना टेकपाना

मंसिर ३, २०७९ १३:४२

डिशहोम ग्राहकले विश्वकप फुटबल लाइभ टुके क्वालिटीमा हेर्न पाउने

काठमाडौं । डिशहाेम ग्राहकले विश्वकप फुटबलकाे प्रत्यक्ष प्रसारण टुके (2K) रेजोलुसन (२०४८x१०८० पिक्सेल)मा हेर्न पाउने भएका छन् । नेपालको एक मात्र डीटीएच कम्पनीका रूपमा रहेको डिशहोमले आफ्ना ग्राहकलाई उच्च गुणस्तरमा फुटबल हेर्ने अवसर दिन लागेको हो ।

डिशहोमका प्रबन्ध निर्देशकका सुदिप आचार्यका अनुसार ग्राहकले आफ्नो आवश्यकता अथवा आफ्नो टिभीको फिचर अनुसारको गुणस्तरमा विश्वकपको लाइभ हेर्न सक्नेछन् । उनका अनुसार डिशहोममा विश्वकपको लाइभ स्ट्यान्डर्ड डेफिनेशन (एसडी), हाई डेफिनेशन (एचडी) वा टुके रेजोलुसनका लागि छुट्टाछुट्टै च्यानल हुनेछन् ।

ग्राहकको विश्वकपको अनुभवलाई उत्कृष्ट बनाउनको लागि यो फिचर ल्याएको आचार्यले बताए । प्रयोगकर्ताले ५६५ रुपैयाँ शुल्क तिरेर डिशहोमबाट विश्वकप लाइभ हेर्न सक्नेछन् । शुल्क नतिरे पनि विश्वकपको सेमिफाइनल र फाइनलका खेल भने सित्तैमा हेर्न सकिनेछ ।

यसैबीच डिशहोमले '​फिल त म्याजिक अफ फुटबल ईन डिशहोम' अभियान सुरु गरेको छ । सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिविधिलाई मध्यनजर गर्दै यो अभियान ल्याएको कम्पनीले जनाएको छ ।

यसअन्तर्गत उपहारहरूसहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियान सञ्चालन गरिनेछ । अभियानमा सहभागी हुन डिशहोमकोफेसबुक पेजमा गई पोस्टमा #MagicalMomentsof (उनीहरुको मनपर्ने टिम जस्तै, MagicalMomentsofPortugal) प्रयोग गर्नुपर्नेछ ।

साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षण्हरुको भिडिओ क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ३, २०७९ १५:२३