close

अनलाइन मिडियाको नाम दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाइयोः कांग्रेस-माओवादी

टेकपाना टेकपाना

मंसिर ३, २०७९ १६:३६

अनलाइन मिडियाको नाम दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाइयोः कांग्रेस-माओवादी

काठमाडौं । विभिन्न अनलाइन मिडियाको नाम दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति जनाएका छन् । संयुक्त वक्तव्य जारी गर्दै यी दलले आफूहरूबीच फाटो ल्याउने दुराशयले सामाजिक सञ्जालहरुमा यस्ता भ्रामक सूचनाहरू फैल्याइएकाे आरोप लगाएका छन् ।

"यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक-बाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैका प्रति घात हुने कल्पना समेत गर्दैनन्," वक्तव्यमा उल्लख गरिएको छ । 

साथै यो सूचना नक्कली हो भन्ने जान्दाजान्दै पनि केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा उक्त स्क्रिनशटहरू शेयर गरेको आरोप लगाइएको छ ।

योसँगै यस्तो मिथ्या सूचनामा विश्वास नगर्न पनि आग्रह गरिएको छ । दुवै पार्टीले यस घटनाप्रति आपत्ति जनाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ । साथै यसमा संलग्न व्यक्तिहरूको पहिचान गरी उम्मेदवारी नै खारेज गर्नेसम्मकाे निर्णय लिन उनीहरूले आयोगसँग माग राखेको छन् । 

पछिल्लो अध्यावधिक: मंसिर ३, २०७९ १६:३६