close

'एडभान्स्ड कनेक्सन'का लागि दूरसञ्चार कम्पनीले गर्नुपर्ने ३ काम

टेकपाना टेकपाना

मंसिर ३, २०७९ १८:१३

'एडभान्स्ड कनेक्सन'का लागि दूरसञ्चार कम्पनीले गर्नुपर्ने ३ काम

काठमाडौं । हालै सम्पन्न अल्ट्रा ब्रोडब्याण्ड (यूबीबीएफ) २०२२ मा विश्व दूरसञ्चार क्षेत्रका विभिन्न विज्ञ तथा प्रतिनिधिहरुबीच ब्रोडब्याण्डमा भएको नयाँ आविष्कार र विस्तारको विषयमा छलफल भएको छ ।छलफलका क्रममा ह्वावेका वरिष्ठ उपाध्यक्ष र ह्वावे एसिया प्रसान्त क्षेत्रका अध्यक्ष साइमन लिनले ‘एड्भान्स कनेक्टिभिटी, बुस्ट ग्रोथ’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।

उनले सेवा प्रदायकहरुले कनेक्सनको पूर्ण फाइदा लिनसक्छन र ग्रीन नेटवर्कले कसरी उद्योगहरूको विकासमा मद्दत गर्छ भन्ने विषय प्रस्तुत गरेका थिए । उनले होम कनेक्सनमा नेटवर्कको स्तरीकरण आवश्यक रहेको धारणा राखे ।

‘घरमा प्रयोग हुने इन्टरनेटको दायरा फराकिलो भएको छ,’ उनले भनेका छन, ‘लाइभ स्ट्रिमिङजस्ता नयाँ सेवा सुरु भएको छ, जसका लागि गिगाबिटमा ब्रोडब्यान्ड आवश्यक पर्छ । गिगाबिट ब्रोडब्यान्डसँगै प्रयोगकर्तालाई नयाँ सेवामार्फत विविध अनुभव प्रदान गर्दै व्यवसाय विस्तार गर्न सकिन्छ ।’

यसका लागि उनले तीन ओटा विकल्प अघि सारेका छन् । सेवा प्रदायकले ठूलो मात्रामा अप्टिकल फाइबरको फाउन्डेसन तयार गर्नुपर्ने कुरालाई उनले प्राथमिकतामा राखे । ''ठूलो मात्रामा अप्टिकल फाइबर विस्तार गरेको खण्डमा सेवा प्रदायकको प्रति लाइन खर्च कम हुन्छ र गिगाबिटमा सेवा उपलब्ध गराउन सक्छन्,'' उनी भन्छन् ।

त्यस्तै उनले घरका कोठाहरुमा वितरण हुने इन्टरनेट ब्याण्डविथको व्यवस्थापन पनि अर्को महत्वपूर्ण पक्ष रहेको बताएका छन् ।

‘घरको कोठाहरुमा वितरण हुने ब्याण्डविथ पनि महत्वपूर्ण पक्ष हो,’ उनले भने, ‘पूर्ण अप्टिकलमा आधारित ह्वावे फाइबर टु दि रुम सोलुसनले ग्राहकको हरेक कोठमा गिगाबिटमा ब्रोडब्याण्ड उपलब्ध गराउन सहयोग गर्नेछ । यो सोलुसनले ग्राहकलाई रिमोट होम नेटवर्क कन्फिग्रेसनको सुविधा समेत दिनेछ । साथै यसले सेवा प्रदायकको मर्मत खर्चमा ५० प्रतिशत कटौती गर्नेछ ।’ ​अर्कोतर्फ राम्रो नेटवर्क र सर्भिसले सेवा प्रदायकको सेवा समेत विस्तार गर्न मद्दत पुग्नेछ ।

तेस्रो भनेको सेवा प्रदायकले गिगाबिट होम नेटवर्कसँगै थप सेवा समेत उपलब्ध गराउन आवश्यक छ । सेवा प्रदायकले अवस्था अनुसारको ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने, बाइन्डिङ इन्टरनेट सर्भिसका साथै ब्रोडब्याण्ड सँगै स्मार्टहोम सर्भिस समेत दिन सक्छन् । जुन सेवा प्रदायकको लागि आम्दानीको थप स्रोत हो ।

इन्टरप्राइजतर्फ परम्परागत उद्योगहरुलाई डिजिटल रूपान्तरणको आवश्यक्ता छ । उद्योग अनुसार ब्रोडब्याण्डको आवश्यकता पनि फरक–फरक छ । इन्टरप्राइज सेवाहरू क्लाउडमा रुपान्तरण भइरहेका छन्,  जसले सेवा प्रदायकलाई आफ्नो व्यसायीक दायरा विस्तार गर्ने अवसर दिन्छ ।

उनका अनुसार प्राइभेट लाइन सेवाहरूको लागि सबैभन्दा ठूला बजार हो । त्यसका लागि सेवा प्रदायकले क्याम्पस नेटवर्क र इन्टरप्राइज सेन्टर नेटवर्क प्रयोग गर्न सक्छन् । जसमार्फत प्राइभेट लाइन नेटवर्क जीबीपीएसबाट १० जीबीपीएस सम्म बढाउन सक्छन् ।

साथै व्यवसाय अनुसारको ब्याण्डविथमा पनि सेवा प्रदायकले आफ्नो आम्दानी बढाउनसक्ने उनकाे भनाइ छ । ''सेवा प्रदायकले प्राइभेट लाइनबाट प्राइभेट नेटवर्कमा आफूलाई रुपान्तरण गर्न आवश्यक छ । बढ्दो क्लाउडको मागलाई धान्न र ग्राहकको आवश्यकता पूरा गर्न प्राइभेट नेटवर्क आवश्यक छ,'' उनले भने ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०७९ १८:१३