close

नासाका महत्त्वपूर्ण आविष्कारः मोबाइलको क्यामेरादेखि वायरलेस हेडफोनसम्म

टेकपाना टेकपाना

मंसिर ३, २०७९ २२:३५

नासाका महत्त्वपूर्ण आविष्कारः मोबाइलको क्यामेरादेखि वायरलेस हेडफोनसम्म

काठमाडौं । हामीले दैनिक रूपमा प्रयोग गर्ने विभिन्न उपकरण अन्तरिक्ष संस्था नासाको ल्याबमा आविष्कार गरिएका हुन् भन्दा तपाईँ अचम्ममा पर्न सक्नुहुन्छ । नासाका वैज्ञानिकले आफ्नो सुरक्षाका लागि नयाँ खोज गर्दा थुप्रै आविष्कार गरेका छन्, जसलाई हामी दैनिक रूपमा प्रयोग गरिरहेका हुन्छौँ ।

हामीले यहाँ नासाले आविष्कार गरेका केही महत्त्वपूर्ण उपकरणका बारेमा चर्चा गरेका छौँ । जसलाई हामी प्रायः दिनहुँ जसो प्रयोग गरिरहेका हुन्छौँ ।

मोबाइलको क्यामेरा

हामीले अहिले आफ्नो सेलफोनमा प्रयोग हुने क्यामेरा १९९० को दशकमा नासाको जेट प्रोपुल्सन ल्याबमा आविष्कार भएको थियो । वैज्ञानिक एरिक फोसमले नेतृत्व गरिरहेको टिमले कम्प्लिमेन्ट्री मेटल-अक्साइड सेमिकन्डक्टर (सीएमओएस) सेन्सरलाई सानो बनाउन सफल भए ।

यी सेन्सरहरू स्पष्ट रूपमा चार्ज-कपल्ड डिभाइस (सीसीडी) सेन्सरको प्रयोगभन्दा उच्च थिए । हाम्रो सेलफोनमा क्यामेराका लागि प्रयोग हुने सेन्सर नै सीएमओस हो । अहिले यही सेन्सर सीसीक्यामेरा, भिडिओ डोरबेल आदिमा प्रयोग हुने गर्छ ।

ल्यापटप

नासाले पोर्टेबल कम्प्युटर आविष्कार गरेन । तर, ल्यापटप विकासमा भने महत्त्वपूर्ण भूमिका खेलेको छ । नासा र अमेरिकी निकायहरूले ग्रिड सिस्टमसँग सम्झौता गरेर ३२०*२४० पिक्सेलको स्क्रिन इन्टेल ८०६८ प्रोसेसर, ३४० केबी र्‍याम र बाह्य हार्डड्राइभ र फ्लोपी ड्राइभ मोडेल सपोर्ट हुने कम्प्युटर तयार पार्न भनियो ।

नासाले विभिन्न समयमा त्यसलाई परिमार्जित गर्दै लग्यो र अन्त्यमा ल्यापटप अहिलेको स्वरूपमा आइपुग्यो ।

स्क्र्याच रेसिस्टेन्स र यूभी प्रोटेक्टिभ लेन्स

तपाईँसँग प्रिमियम स्क्र्याच रेसिस्टेन्स चस्मा छ वा ग्यारेजमा प्रयोग हुने सेफ्टी ग्लास (चस्मा) देख्नुभएको छ भने त्यो पनि नासाको आविष्कार हो । तपाईँले प्रयोग गरिरहेको सनग्लास वा वेल्डिङ गर्दा प्रयोग हुने हेल्मेट सबै नासाको उपज हो ।

अन्तरिक्ष यात्रीका लागि नासालाई अल्ट्राभाइलेट लाइटबाट बचाउने उपकरण तयार पार्नु थियो । नासाका अनुसन्धानकर्ताले १९८० को दशकमा फोस्टर ग्रान्ट आईग्लास कम्पनीसँग सहकार्य गरेर नन-स्क्र्याच कोटिङ तयार पारे । त्यही सामग्री अहिले लाखौं आईग्लासमा प्रयोग हुन थालेको छ ।

एलईडीमा नयाँ आयाम

नासाले एलईडी लाइट आविष्कार गरेको होइन । एलईडी विन्ड्स प्रोटोटाइपको इतिहास २०औँ शताब्दीको सुरुवाततिर भएको मानिन्छ । सबैभन्दा पहिले सन् १९६२ मा वैज्ञानिक निक होलोन्याक जुनियरले एलईडी लाइटको आविष्कार गरेका थिए ।

नासाले अन्तरिक्ष यात्रीलाई विभिन्न अनुसन्धानमा सहयोग पुर्‍याउन एलईडीमा आधारित खोजका लागि ठूलो सङ्ख्यामा रकम खर्च गरेको छ । अन्तरिक्ष यात्रीलाई अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसनमा घाउको उपचार गर्न रेड एण्ड इन्फारेड एडईडी लाइटले सहतोग पुर्‍याएको छ ।

इन्फ्रारेड थर्मोमिटर

निधार वा कानको छेउमा लग्नासाथै शरीरको तापक्रम कति छ भनेर देखाउने थर्मोमिटर पनि नासाको ल्याबमा नै भएको थियो । नासाले उक्त थर्मोमिटर डायटेक कर्पोरेसन र जेपीएलसँग सकार्त गरेर तयार पारेको थियो ।

इन्फ्रारेड प्रविधिमा आधारित शरीरको तापक्रम मापन गर्ने विधिका लागि नासा इन्फ्रारेड इनर्जीको स्रोत प्रयोग गर्ने गर्थ्यो । त्यसलाई सहज बनाउनका लागि बन्दुकको आकारको इन्फ्रारेड थर्मोमिटर तयार पारियो ।

ड्राइ खाना

कतै लामो यात्रामा जानुपर्‍यो भने हामी ड्राइ खाना लिएर जाने गर्छौँ । केही समयसम्म नबिग्रिने र जहाँ पनि सजिलै पकाएर वा त्यत्तिकै खाना सकिने भएकाले यो सबैको रोजाइमा परेको  छ । हामीले खाने आइसक्रिम पनि यसको उदाहरण हो ।

लामो समयसम्म खाना सुरक्षित राख्न नासाले आविष्कार गरेको विधि अहिले निकै महत्त्वपूर्ण सावित भएको छ । नासाले फ्रिज ड्राइङका लागि अनुसन्धानमा लगानी गरकै कारण फ्रिज ड्राइ फुड अहिले प्रचलनमा छ । नासाले १९७० को दशकमा एपोलो ७ मिसनका दौरानमा फ्रिज-ड्राइड आइसक्रिन अन्तरिक्षमा पठाएको थियो, जुन कुरा त्यति बाहिर आएको थिएन ।

 स्मोक डिटेक्टर

कुनै पनि ठाउँमा धुँवा आएको पहिचान गर्न स्मोक डिटेक्टर विश्वभर प्रख्यात छ । यसका लागि पनि नासाले १९७० को दशकमा हनिवेलसँग सहकार्य गरेर पहिलेको स्मोक डिटेक्टरलाई सुधार गरेर भरपर्दो बनाएको थियो ।

नासाले उक्त सहकार्य स्काई ल्याबका लागि स्मोक अलार्म बनाउन केन्द्रित हुनका लागि गरेको थियो, जसले उक्त ल्याबमा भएको आगलागीको जानकारी देओस् । त्यही प्रविधि अहिले संसारका प्रायः ठाउँमा प्रयोगमा आइरहेको छ ।

अदृश्य ब्रासेसहरू

फ्रिज ड्राइ खाना लगायत अन्य विभिन्न आविष्कार जस्तै हामीले प्रयोग गर्ने अदृश्य ब्रासेस पनि नासाको आविष्कार हो ।

यसमा प्रगोग हुने पदार्थ ट्रान्सलुसेन्ट पोलिक्रिस्टइन अल्मुनिया (टीपीए) हो । यो आधिकारिक रूपमा नासाले पत्ता लगाएको पदार्थ हो । नासाले एउटा त्यस्तो पदार्थको खोज गरेको थियो, जसले र्‍याडर उपकरणलाई सिग्नल ट्रान्समिसन नबिगारेर कभर गर्न सकोस् ।

त्यसका लागि आविष्कार भएको उक्त रसायन अहिले अदृश्य ब्रासेस बनाउनमा प्रयोग हुन थालेको छ ।

सुधारिएको टायर

सन् १९७० को दशकमा, वाइकिंग ल्यान्डरहरूमा प्रयोग गरिने प्यारासुट कफनहरूका लागि बलियो सामग्रीहरू विकास गर्न नासा र गुडइयर टायर बीचको सहकार्य भएको थियो । रेडियल टायरमा फाइबर प्रयोग गर्दा त्यसको क्षमता परम्परागत टायरको भन्दा ५ गुणा बढी भएको थियो ।

नासाले तयार पारेको ग्रुभ मूल रूपमा स्किडिङ (चिप्लिनु) कम गर्न स्पेस शटल ल्याण्डिङका लागि प्रयोग भएको थियो । अहिले यो रोड, साइडवाक्स तथा अन्य कंक्रिट भागमा प्रयोग गरिन्छ ।   

वायरलेस हेडफोन

हामीमध्ये प्रायः सबै दैनिक रूपमा वायरलेस हेडफोन प्रयोग गरिरहेका हुन्छौँ । के तपाईँलाई थाहा छ, वायरलेस हेडफोन १९९० को दशकमा नासाको ल्याबमा आविष्कार भएको थियो । त्यो समयमा नासाले आईटीटी ल्याबसँग पोर्टेबल वायरलेस रेडियो सिस्टम बनाउने सम्झौता गरेको थियो, जसले गर्दा अन्तरिक्षयात्रीलाई सम्पर्कमा रहिरहन चिप-बेस्ड कम्प्युनिकेसनमा निर्भर हुन पर्दैनथ्यो ।

त्यसपछि आईटीटी ल्याबले प्लाङ्कट्रोनिक एभियसन हेडसेटको एउटा मोडेल तयार पार्‍यो । त्यसलाई नासाले हेलमेटमा जडान गरेर नयाँ किसिमको हेडफोन मोडेल तयार पार्‍यो । विस्तारै उक्त हेडफोनमा वायरलेस कम्पयुनिकेसमा सुधार ल्याइयो, न्वाइज क्यान्सिलिङ प्रविधि जोडियो र पछि विभिन्न मोडेलमा उपलब्ध हुन थाल्यो ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०७९ २२:३५