close

यी टिभीमा आउनेछ आजबाट सुरु हुने विश्वकप फुटबलको लाइभ

टेकपाना टेकपाना

मंसिर ४, २०७९ ८:५८

यी टिभीमा आउनेछ आजबाट सुरु हुने विश्वकप फुटबलको लाइभ

काठमाडौं । फिफा विश्वकप २०२२ आज आइतबारबाट सुरु हुँदैछ । नेपालका लागि मिडिया हबले प्रशारण अधिकार खरिद गरी 'हिमालय प्रिमियम' च्यानलबाट विश्वकप फुटबल प्रसारण गर्दैछ । सशुल्क रूपमा उपलब्ध हुने यो च्यानल आजैबाट लाइभ भएको हो ।

ग्राहकले तोकिएको शुल्क तिरेपछि आफ्नो आईपीटिभी मार्फत हिमालय प्रिमियम च्यानल हेर्न पाउनेछन् । हिमालय टेलिभिजन नेटवर्क प्रा.लिका अनुसार हिमालय प्रिमियम च्यानल भायाटिभी, नेटटिभी, क्लियरटिभी, डिशहोम, सिमटिभी, डिशहोम आईपीटिभी, स्काई, डोइनटिभी, युनिकटिभी, ब्रोडटिभी, म्याक्स नेटटिभी, एनटीटिभी, मेरो टिभी, स्काइकम आदिबाट उपलब्ध हुँदैछ ।

यी टेलिभिजन वितरक माध्यमहरूमा हिमालय प्रिमियम च्यानलबाट प्रसारण हुने विश्वकप हेर्नका लागि ग्राहकले विश्वकपको छुट्टै प्याकेज लिनुपर्ने हुन्छ । प्याकेज शुल्क पाँच सय रूपैयाँ तोकिएको भए पनि प्रयोगकर्ताले कर सहित पाँच सय ६५ रुपैयाँ तिर्नु पर्ने हुन्छ । विश्वकपको प्याकेज विभिन्न वालेट तथा स्थानीय डिलरबाट खरिद गर्न सकिन्छ ।

नेपालभित्र विश्वकपका सबै खेल हिमालय प्रिमियम र हिमालय टीभी एचडीबाट मात्र हेर्न सकिनेछ । पहिलोपटक विदेशी च्यानलहरूलाई नेपालमा विश्वकप प्रसारण निषेध गरिएको छ । यसको अर्थ निःशुल्क हेर्न सकिने फुटबल खेल हिमालय टिभी एचडीबाट र बाँकी खेल शुल्क तिरेर हिमालय प्रिमियमबाट हेर्न सकिन्छ ।

 

 

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ ९:३६