close

आफ्नो वेबसाइटमा यसरी 'इम्बेड' गर्नुहोस् निर्वाचन मत परिणामको अपडेट

टेकपाना टेकपाना

मंसिर ४, २०७९ १३:२०

आफ्नो वेबसाइटमा यसरी 'इम्बेड' गर्नुहोस् निर्वाचन मत परिणामको अपडेट

काठमाडौं । प्रिक्सा टेक्नोलोजीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मत परिणामको एपीआई निःशुल्क रुपमा उपलब्ध गराएको छ । स्थानीय आईटी कम्पनीले इच्छुक अनलाइन सञ्चार माध्यमहरूका लागि निर्वाचन अपडेट उपलब्ध गराउन इम्बेड कोड उपलब्ध गराएको हो ।

कम्पनीले उपलब्ध गराएको कोड आफ्नो वेबसाइटमा इम्बेड गर्दा पार्टीगत जित तथा अग्रता र समानुपातिक मतगणना देखिनेछ । तर थप विवरणका लागि भने नेपाल डट लाइभ नामक सिस्टममा रिडाइरेक्ट हुनेछ ।

जहाँ नेपालको नक्सामा उपलब्ध जिल्लाहरूमा क्लिक गरी प्रतिनिधिसभा तथा प्रदेश सभाका सम्पूर्ण उम्मेदवारहरूको विवरणसँगै उनीहरूले प्राप्त गरेको मत अपडेट देखिनेछ । यति मात्र नभएर देशभर उम्मेदवारी दिएका पार्टी तथा तिनका उम्मेदवारहरूको एकमुस्ट जानकारी समेत उल्लेख गरिएको छ ।

निर्वाचन आयोगको वेबसाइटमा रहेको डेटा रियलटाइम सिङ्क हुने गरी सिस्टम डिजाइन गरिएको प्रिक्सा टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष शर्माले बताए । “हामीले निर्वाचन सम्बन्धी सूचना तथा जानकारीको पहुँच सहज बनाउने उद्देश्यका साथ यो सिस्टम विकास गरेका हौँ,” उनले भने । 

आफ्नो वेबसाइटमा चुनावी अपडेट इम्बेड गर्ने कोड प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस् र माथि सुरुवातमा रहेको 'इम्बेड इनटु योर वेबसाइट'मा जानुहोस् ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ १३:२०