close

कतै तपाईंको इन्स्टाग्राम अकाउन्ट ह्याक त भएको थिएन ? यसरी गर्नुहोस् परिक्षण

टेकपाना टेकपाना

मंसिर ४, २०७९ १३:३१

कतै तपाईंको इन्स्टाग्राम अकाउन्ट ह्याक त भएको थिएन ? यसरी गर्नुहोस् परिक्षण

काठमाडौं । मेटा अन्तर्गतको फोटो प्लेटफर्म इन्स्टाग्रामले प्रयोगकर्तालाई आफ्नो अकाउन्ट सुरक्षित राख्नका लागि विभिन्न फिचर उपलब्ध गराउँदै आएको छ । तर, यसअघि नै तपाईंको अकाउन्ट ह्याक भएको पनि हुनसक्छ । आफ्नो अकाउन्ट पहिले ह्याक भएको थियो वा थिएन भनेर थाहा पाउनको लागि कम्पनीले उपलब्ध गराएको ‘सेक्युरिटी चेकअप’ फिचर प्रयोग गर्न सकिन्छ । यो फिचर मार्फत प्रयोगकर्ताले आफ्नो अकाउन्ट यसअघि ह्याक भएको छ वा छैन भनी परीक्षण गर्न सक्नेछन् ।

यसले प्रयोगकर्तालाई आफ्नो अकाउन्ट सुरक्षित राख्नका लागि मद्दत गर्नेछ । साथै यसअघि भएको गल्तीहरुलाई नदोहोर्‍याउन समेत प्रेरित गर्ने अपेक्षा कम्पनीको छ । यो फिचरले प्रयोगकर्तालाई आफ्नो अकाउन्ट कसरी सुरक्षित राख्ने भन्ने विषयमा समेत जानकारी दिने हुँदा यो निकै प्रभावकारी हुने देखिन्छ । 

यस्तो छ ‘सेक्युरिटी चेकअप’ फिचर’ प्रयोग गर्ने तरिका

- सुरुमा मोबाइलमा इन्स्टाग्राम एप खोली दायाँ साइडमा रहेको तपाईंको फोटो सहितको प्रोफाइल आइकनमा क्लिक गरी प्रोफाइलमा जानुहोस्, 

- प्रोफाइल खोलेसँगै दायाँ साइडको माथि रहेको तीन धर्के ‘मेन्यु’ बटनमा क्लिक गर्नुहोस्,

- अब त्यहाँ रहेको ‘सेटिङ’ अप्सनमा क्लिक गर्नुहोस्,

- सेटिङ भित्र रहेको ‘सेक्युरिटी’ अप्सनमा क्लिक गर्नुहोस्,

- अब त्यहाँ देखिने ‘सेक्युरिटी चेकअप’ अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले आफ्नो अकाउन्ट यसअघि ह्याक भए नभएका अथवा सुरक्षित छ वा छैन भनी हेर्नसक्नु हुनेछ । साथै त्यहाँ सुरक्षाका लागि पासवर्ड, इमेल, मोबाइल फोन नम्बर र टु–फ्याक्टर अथेन्टिकेसन जस्ता चार ओटा विकल्प देख्नुहुनेछ ।

- त्यसमध्ये ‘पासवर्ड’ मा क्लिक गरी ‘क्रियट स्ट्रोङ पासवर्ड’ मा गएर नयाँ पासवर्ड राखी ‘सेभ’ गर्नुहास्, 

- त्यस्तै इमेलमा गएर प्राइमरी इमेल एड्रेस अपडेट गरी ‘नेक्स्ट’ बटनमा क्लिक गर्नुहोस्, 

- मोबाइल नम्बर विकल्पमा गएर आफ्नो मोबाइल नम्बर अपडेट गरी ‘नेक्स्ट’ बटनमा क्लिक गर्नुहोस्, 

- त्यस्तै टु–फ्याक्टर अथेन्टिकेशन इनेबल गरी भेरिफाइ गरेर त्यसलाई समेत सेभ गर्नुहोस् ।


 

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ १३:३१