close

नेपाली मोबाइल एपमा विश्वकप फुटबलको लाइभ हेर्न नमिल्ने

टेकपाना टेकपाना

मंसिर ४, २०७९ १४:८

नेपाली मोबाइल एपमा विश्वकप फुटबलको लाइभ हेर्न नमिल्ने

काठमाडौं । फिफा विश्वकप २०२२ आजदेखि सुरु हुँदैछ । विश्वभरबाट छानिएका ३२ देशका राष्ट्रिय फुटबल टिम कतारमा आयोजना हुन लागेको फुटबलकाे यस महाकुम्भमा सहभागी हुँदैछन् । पुस ३ गतेसम्म हुने यस प्रतियाेगिताकाे नेपालमा प्रसारण अधिकार मिडिया हब प्रालिले पाएको छ ।

मिडिया हबका अनुसार हिमालय प्रिमियम च्यानलमा विश्वकपका खेल प्रसारण हुनेछन् । यसैबीच मोबाइल एपमा विश्वकप हेर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा धेरैले जिज्ञासा राखिरहेका छन् ।

टेकपानासँग कुरा गर्दै मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले भने, "हामीले हालसम्म हिमालय प्रिमियम च्यानलमा मात्र उपलब्ध गराएका छौँ । नेपालमा ओटीटी प्लेटफर्ममा फुटबल विश्वकप प्रसारण हुँदैन ।"

शुल्क तिरेर भएपनि मोबाइलमा विश्वकप हेर्न चाहने प्रयोगकर्ता भने यसबाट निराश हुनेछन् । मोबाइल एपमा विश्वकप फुटबलको लाइभ उपलब्ध गराउँदा लिक हुनसक्ने भन्दै यसबारे कुनै निर्णय नभएकाे उनले बताए ।

विश्वकप फुटबल २०२२ को उद्घाटन समारोह नेपाली समयअनुसार अपरान्ह ७:३० बजेदेखि सुरु हुँदैछ । 

यो पनि पढ्नुहोस्: नेपाली मोबाइल एपमा विश्वकप फुटबलको लाइभ हेर्न नमिल्ने

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ १७:३१