close

स्मार्टफोन, इयरफोन र इयरबडको असुरक्षित प्रयोगले १ अर्ब युवा कान नसुन्ने समस्याको जोखिममा

टेकपाना टेकपाना

मंसिर ४, २०७९ १७:५२

स्मार्टफोन, इयरफोन र इयरबडको असुरक्षित प्रयोगले १ अर्ब युवा कान नसुन्ने समस्याको जोखिममा

काठमाडौं । एक अध्ययनका अनुसार विश्वका एक अर्ब युवा कान नसुन्ने समस्याको शिकार हुने जोखिममा छन् । बीएमजे ग्लोबल हेल्थ जर्नलमा प्रकाशित उक्त अध्ययनले आजका युवा पुस्ता कान नसुन्ने समस्याको जोखिममा रहेकाे निष्कर्ष निकालेकाे हाे ।

अध्ययनअनुसार ठूलो आवाज धेरैबेर सुन्ने युवा पुस्ता यसबाट बढी प्रभावित छन् । यसका लागि सुरक्षित रुपमा सुन्ने नीति लागू गर्न पनि सुझाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अनुमान अनुसार हाल विश्वभर सबै उमेरका ४३ करोडभन्दा बढी मानिसले आफ्नो श्रवणशक्ति गुमाएका छन् । 

कमजोर नियामकको बीचमा उत्पादित स्मार्टफोन, हेडफोन,इयरबडजस्ता उपकरणहरूको प्रयोग र चर्को स्वरमा गीतहरू सुन्ने ठाउँहरूमा धेरै जाने बानीले पनि युवा विशेषगरी कमजोर हुन्छन् । रिपोर्ट अनुसार विश्वभर १२ देखि ३२ वर्ष उमेर समूहका करिब एक अर्ब ३५ करोड मानिसहरू असुरक्षित तवरमा गीतहरू सुन्ने, भिडिओ हेर्ने गरिरहेका छन् । यसले उनीहरूको श्रवणशक्ति गुम्ने जोखिममा छ । 

युनिभर्सिटी अफ साउथ क्यारोलिनाका शिक्षाविद्हरूको नेतृत्वमा, अनुसन्धानकर्ताले सन् २००० देखि २०२१ को बीचमा भएका व्यक्तिगत रुपमा सुन्ने यन्त्रहरू र चर्को आवाजमा सङ्गीत बजाउने ठाउँहरूमा यो अध्ययन गरेका थिए ।

अध्ययन रिपोर्टका अनुसार लगभग १९ हजार व्यक्तिहरू र अन्वेषकहरूले २३ प्रतिशत वयस्कहरू र २७ प्रतिशत नाबालिगहरू व्यक्तिगत रुपमा सुन्ने उपकरणमार्फत असुरक्षित रुपमा सुन्ने काम गरिरहेका छन् ।

सामान्यतया एक हप्तामा ४० घण्टासम्म ८५ डेसिबल आवाजको सम्पर्कमा आउनुलाई सामान्य मानिन्छ । तर सोभन्दा माथि अर्थात् आवश्यकता भन्दा बढी समय चर्को आवाजको सम्पर्कमा रहनु कानको लागि घातक हुनसक्छ ।

रिपोर्टमा उल्लेख भएअनुसार एकजना व्यक्तिले आफ्नो स्मार्टफोनमा भएको गीत सुन्दा १०५ डेसिबलसम्मको उच्च आवाजमा सुन्ने गर्छन् । यो जोखिमपूर्ण छ । 

श्रवणशक्तिको कमजोरीलाई रोक्नका लागि यसो गर्नुहोस् 

- आवाज आउने उपकरणहरूको धेरै नजिक बसेर नसुन्नुहोस् ।

- धेरै ठूलो आवाज वा होहल्ला हुने स्थानहरूमा धेरै नजानुहोस् ।

- यदि तपाईं धेरै ठूलो आवाज हुने स्थानहरूमा नियमित रुपमा जानुपर्ने अवस्था छ भने कानमा इयरप्लग्स (कानमा राख्ने कपास वा नरम कपडाको प्लग) प्रयोग गर्नुहोस् ।

- यदि तपाई‌ँ संगीत वा अन्य केही सुन्दै हुनुहुन्छ भने, आवाज धेरै ठूलो नबनाउनुहोस् ।

- हल्ला वा आवाज धेरै सुन्ने गतिविधिमा संलग्न नहुनुहोस् ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ १७:५२