close

वेबसर्फरको विश्वकप अफर, २९ हजारमै स्मार्ट टिभी, आईपीटिभी बक्स र २०० एमबीपीएस इन्टरनेट

टेकपाना टेकपाना

मंसिर ४, २०७९ १९:१६

वेबसर्फरको विश्वकप अफर, २९ हजारमै स्मार्ट टिभी, आईपीटिभी बक्स र २०० एमबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक वेबसर्फरले फिफा विश्वकप २०२२ को उपलक्ष्मा विभिन्न अफर घाेषणा गरेकाे छ । यसअन्तर्गत कम्पनीले आफ्नो स्वामित्वमा रहेको आईपीटिभी, फाइबर, २०० एमबीपीएस गतिकाे इन्टरनेट प्याकेजसहित विभिन्न आकारका टिभी सेटमा अफरमा उपलब्ध गराएको छ ।

वेबसर्फर अन्तर्गतका विभिन्न टिभी जस्तै; स्काई, मेरो टिभी र स्काई कममा विश्वकपका खेल सशुल्क हेर्न सकिन्छ । मिडिया हबले फुटबल विश्वकप २०२२ को प्रत्यक्ष प्रसारण 'हिमालय प्रिमियम' च्यानलमार्फत उपलब्ध गराएको छ ।

'हिमालय प्रिमियम' च्यानलको सब्स्क्रिप्सन वेब सर्फर अन्तर्गतका यी टिभी अपरेटरमा उपलब्ध हुनेछ । करसहित ५६५ रूपैयाँ पर्ने हिमालय प्रिमियमको सब्क्रिप्सन स्काई, स्काई कम र मेरो टिभीका लागि ईसेवा, खल्तीजस्ता वालेट वा स्थानीय डिलरबाट खरिद गर्न सकिन्छ ।

यससँगै कम्पनीले विश्वकप विशेष अफरहरू ल्याएको छ । यसअन्तर्गत ८५ हजार ९०० पर्ने ६५ इन्च स्मार्ट टिभी, एक हजार २०० रूपैयाँ पर्ने फाइबर, चार हजार ५०० रूपैयाँ  पर्ने आईपीटिभी बक्स र १४ हजार ५०० पर्ने २०० एमबीपीएस इन्टरनेट कुल ९६ हजार ९०० रुपैयाँमा पाउन सकिनेछ ।

यस्तै  ५८ हजार ९०० रूपैयाँ पर्ने ५५ इन्च स्मार्ट टिभी, एक हजार २०० रूपैयाँ पर्ने फाइबर, चार हजार ५०० पर्ने आईपीटिभी बक्स र १४ हजार ५०० पर्ने २०० एमबीपीएस इन्टरनेट कुल ७२ हजार ८०० रुपैयाँमा पाउन सकिनेछ ।

यसैगरी ३१ हजार ५०० पर्ने ४३ ईन्च स्मार्ट टिभी, एक हजार २०० पर्ने फाइबर, चार हजार ५०० रूपैयाँ पर्ने आईपीटिभी बक्स र १४ हजार ५०० रूपैयाँ पर्ने २०० एमबीपीएस इन्टरनेट कुल ४२ हजार ९०० रुपैयाँमा पाउन सकिनेछ ।

अन्त्यमा १८ हजार ५०० रूपैयाँ पर्ने ३२ इन्च स्मार्ट टिभी, एक हजार २०० रूपैयाँ पर्ने फाइबर, चार हजार ५०० रूपैयाँ पर्ने आईपीटिभी बक्स र १४ हजार ५०० रूपैयाँ पर्ने २०० एमबीपीएस इन्टरनेट कुल २८ हजार ८०० रुपैयाँमा पाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ २१:९