close

'मुद्दामामिलाका कारण तयारी नपुग्दा विश्वकप फुटबलको लाइभ प्रसारणमा समस्या आयो'

टेकपाना टेकपाना

मंसिर ५, २०७९ १०:२४

'मुद्दामामिलाका कारण तयारी नपुग्दा विश्वकप फुटबलको लाइभ प्रसारणमा समस्या आयो'

काठमाडौं । मुद्दामामिला लगायतका समस्याका कारण पर्याप्त तयारी गर्न नपाउँदा विश्वकप फुटबलको लाइभ प्रसारणमा समस्या आएको हिमालय टिभीका सञ्चालक धर्म राज भुसालले स्पष्टीकरण दिएका छन् । आइतबारबाट सुरु भएको विश्वकप फुटबलको उद्घाटन समारोहको समयमा धेरै दर्शकहरूले सास्ती भोग्नुपरेको कुरालाई सम्बोधन गर्दै भुसालले फेसबुक पोस्टमार्फत त्यसको जानकारी दिएका हुन् । 

उनले समस्या समाधान गर्ने प्रयास भइरहेको पनि जानकारी दिएका छन् । केबल वितरकसँग सम्झौता गर्ने, सिस्टम परीक्षण गर्ने, पेमेन्ट गेटवेसँग इन्टिग्रेसन गर्ने लगायतका काम गर्नुपर्ने महत्त्वपूर्ण समयमा मुद्दामामिलाको झमेलामा फस्नुपेको भन्दै भुषालले तयारी गर्नुपर्ने बेलामा हात बाँधेर बस्नपरेको गुनासो पोखेका छन् । 

"३० गते अदालतले प्रसारण रोक्नु नपर्ने आदेश दिएपछि ४८ घण्टाको तयारीमा निकै  धपेडीका साथ उदघाटन खेल प्रसारण गर्न सकियो । हामीले अन्तर्राष्ट्रियस्तरकै फिड प्रसारण गर्‍यौँ । तर, केबल अपरेटरहरूले गर्नुपर्ने प्राविधिक तयारी नसकिँदा कतिपय सेवा प्रदायकमा भुक्तानीको समस्या देखियो," उनले भनेका छन् । 

केही केबल अपरेटरले त एक दिन अगाडिमात्रै सम्झौता गरेको पनि उनले बताए । यसरी आवश्यक तयारी नपुग्दा उद्घाटन समारोहको लाइभ प्रसारणमा समस्या आएको उल्लेख छ । साथै कुनै सेवा प्रदायकमा समस्या देखिएमा आफ्ना सम्बन्धित प्रदायकको कल सेन्टरमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: मंसिर ५, २०७९ १०:२४