close

५ लाख पुरस्कारको 'स्मार्ट बट्स कोडिङ च्यालेन्ज', यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

मंसिर ६, २०७९ १०:१

५ लाख पुरस्कारको 'स्मार्ट बट्स कोडिङ च्यालेन्ज', यसरी हुनुहोस् सहभागी

काठमाडौं । भुस गेम्स र लोकसको सहकार्यमा ‘स्मार्ट बट्स कोडिङ च्यालेन्ज’ का लागि आवेदन माग गरिएको छ । प्रोग्रामरहरूका लागि कोडिङको बारे बुझ्ने, नयाँ सीप विकास गर्ने अवसरको रुपमा यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक टोलीले जनाएको छ । यो प्रतियोगिताको दोस्रो संस्करण हो । तीन महिने लामो यो प्रतियोगिताको पहिलो संस्करण गत वर्ष आयोजना गरिएको थियो । 

प्रतियोगितामा कुनै पनि उमेर समूह, शैक्षिक स्तरका विद्यार्थी लगायत सबैले सहभागी हुन पाउँनेछन् । कार्यक्रम सहभागी टोलीले २९ पोइन्टस् गेमको बटहरू बनाउने पर्ने हुन्छ । उत्कृष्ट आठ सहभागीहरूले फाइनलमा उपाधीको लागि भिड्नेछन् ।

कार्यक्रममा पहिलो हुनेले पाँच लाख, दोस्रो हुनेले दुई लाख र तेस्रो हुनेले एक लाख प्राप्त गर्नेछन् । कार्यक्रममा आवेदन दिनको लागि यहाँ क्लिक गर्नुहोस् । 
 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०७९ १०:१