close

विद्युतीय सवारी खरिद सहज बनाउन ग्लोबल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता

टेकपाना टेकपाना

मंसिर ६, २०७९ ११:३९

विद्युतीय सवारी खरिद सहज बनाउन ग्लोबल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आइएमई बैंक लिमिटेडसँग आफ्नो विद्युतीय सवारीका लागि वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। उक्त सम्झौता अनुसार ग्राहकहरूले आफ्ना हुन्डाई ईभीहरू खरिद गर्दा ग्लोबल आइएमई बैँकमार्फत १२.९९ प्रतिशत ब्याजदरमा कर्जा लिन सक्नेछन् । 

यो योजना अन्तर्गत खरिद गरिएका सवारी साधन तीन दिन भित्रमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो  सम्झौताले हुन्डाईका विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि सहजता प्रदान गर्ने विश्वास लिइएको छ। ग्राहकहरूले ग्लोबल आइएमईको कुनैपनि शाखा वा हुन्डाईका देशभर रहेका १७ वटा शोरुममा गएर सम्बन्धित विभागमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन्। 

हुन्डाईको विद्युतीय सवारी  कोना र आईओनिक ५ मा यो सुविधा उपलब्ध हुनेछ । नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारीमा पर्छन् । ग्लोबल आईएमई बैंकसंग भएको यो समझदारीले ग्राहकलाई विद्युतीय सवारी खरिद गर्नको लागि प्रोत्साहन गर्दै दिगो भविष्यको लक्ष्यमा अगाडि बढ्न सघाउने आशा गरिएको कम्पनीले उल्लेख गरेको छ । 

 

 

 

 

 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०७९ ११:३९