close

तपाईँले एउटै जीमेल अकाउन्टबाट बनाउन सक्नुहुन्छ हजारौं ईमेल एड्रेस

टेकपाना टेकपाना

मंसिर ६, २०७९ १४:३१

तपाईँले एउटै जीमेल अकाउन्टबाट बनाउन सक्नुहुन्छ हजारौं ईमेल एड्रेस

काठमाडौं । एउटा जीमेल, एउटै एड्रेस । यो हाम्रो लागि समान्य कुरा हो । किनभने हामीले प्रायः एउटै जीमेल एड्रेस प्रयोग गर्दै आएका छौ । तर, हामीलाई यो थाहा छैन कि, हामीले प्रयोग गर्ने एउटै जीमेल अकाउन्टमा हजारौं एड्रेस हुन्छन् ।

हाम्रो आफ्नै एउटै ईमेल आईडीबाट हामी फरक-फरक आईडी बनाउन सक्छौं र अन्य विभिन्न साइटहरूमा लगइन गर्नको लागि प्रयोग गर्न सक्छौं । एउटै ईमेलबाट अन्य ईमेल बनाउने विभिन्न तरिका छन् । जसमा पहिलो भनेको ‘प्लस एड्रेसिङ’ हो । यसको अर्थ तपाईंले आफ्नो ईमेल एड्रेसमा ‘प्लस (+)’ चिन्ह थप गर्नु हो ।

तपाईंले आफ्नो एड्रेसमा प्लस चिन्ह थप गरेर ईमेल एड्रेसलाई फरक बनाउन सक्नुहुन्छ । यो प्लस चिन्ह आफ्नो ईमेलको @ भन्दा अगाडि राख्नुपर्ने हुन्छ । उदाहरणका लागि यदि तपाईंको ईमेल एड्रेस [email protected] छ भने तपाईंले [email protected] बनाउन सक्नुहुन्छ ।

त्यो हुँदा अन्य कुनै साइट जस्तै नेटफ्लिक्स, प्राइम लगायतका अन्य साइटमा ईमेल राख्दा उक्त सिस्टमले यो ईमेललाई नयाँ ईमेल एड्रेसको रुपमा लिनेछ । तर, उक्त ईमेलमा पठाएको ईमेल भने तपाईंको पुरानै ईमेल एड्रेसमा आउनेछ । यो फिचर जीमेल अथवा अन्य कुनै पनि ईमेल सर्भिसमा काम गर्छ ।

यसरी प्लस थपेर साइट अनुसार फरक–फरक ईमेल राखी लगइन गर्दा तपाईंको मुख्य ईमेलमा स्पाम ईमेल भने आउँदैन । यदि यसो गर्दा पनि स्पाम ईमेल आएको खण्डमा भने त्यस्ता कम्पनीले तपाईंको ईमेल दुरुपयोग गरिरहेका छन् भन्ने कुरा सहजै बुझ्न सकिन्छ । प्लसमात्रै नभएर तपाईंले डट (.) समेत प्रयोग गर्न सक्नुहुन्छ ।

आफ्नो लोकल एड्रेसमा डट थपेर पनि तपाईंले पुरानै ईमेल एड्रेसबाट नयाँ ईमेल एड्रेस क्रियट गर्न सक्नुहुन्छ । उदाहरणका लागि [email protected] छ भने तपाईंले [email protected] बनाउन सक्नुहुन्छ । यसरी क्रियट गरेको नयाँ ईमेल एड्रेस तपाईंले कुनै पनि साइटमा प्रयोगमा ल्याउन सक्नुहुन्छ । तर, यसमा पठाइएको ईमेल भने सोझै तपाईंको मुख्य ईमेलमै जानेछ ।

यदि यसो गर्दा कुनै साइटले तपाईंको ईमेल एक्सेप्ट गरेन भने त्यसको विकल्प के त ? त्यसका लागि तपाईंले अर्को विकल्प प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले ‘गुगलमेल’ प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि [email protected] को ठाउँमा तपाईंले [email protected] बनाउन सक्नुहुन्छ ।

यसो गर्दा गुगलले तपाईंले पूर्ण रुपमा नयाँ ईमेल प्रयोग गर्नुभएको छ भनी सोच्नेछ । तर, ईमेल भने पुरानै एड्रेसमा जानेछ ।

पछिल्लो अध्यावधिक: मंसिर ६, २०७९ १४:३१