close

दराजमा जागिर दिने भन्दै ह्वाट्सएपमा ठगी धन्दा, झुक्यानमा नपर्न कम्पनीको आग्रह

टेकपाना टेकपाना

मंसिर ६, २०७९ १५:१७

दराजमा जागिर दिने भन्दै ह्वाट्सएपमा ठगी धन्दा, झुक्यानमा नपर्न कम्पनीको आग्रह

काठमाडौं । चर्चित ई-कमर्स वेबसाइट दराजको नाममा सामाजिक सञ्जालमा ठगी धन्धा चलेकाे पाइएकाे छ । दराजमा रोजगारी दिने भन्दै स्क्यामरले ह्वाट्सएपमा ठगी धन्धा चलाएका हुन् । रोजगारी दिने भन्दै ठगीका घटना बढेपछि दराजले विज्ञप्ति सार्वजनिक गर्दै सचेत रहन अनुरोध गरेको छ ।

स्क्यामरले ह्वाट्सएपमा पठाएको मेसेजमा रोजगारका लागि राम्रो रकमको लोभ देखाइएको छ । मानिसहरूलाई सहजै ठगी गर्नका लागि पार्टटाइममा काम गर्न सकिने आश्वासन दिइएको छ । उक्त मेसेज नेपाली नम्बरबाट पठाएको देखिन्छ । तर, त्यो नम्बर पनि प्रयोगकर्ताबाट ठगी गरी ह्वाट्सएप अकाउन्ट खोलेको अनुमान गर्न सकिन्छ ।

रोजगारका लागि त्यहाँ उपलब्ध गराइएको नम्बर फरक फरक देशको रहेको छ । त्यस नम्बरमा मेसेज गर्दा "ठीक छ। म काम गरिरहेको प्लेटफर्ममा प्रख्यात इ-कमर्स प्लेटफर्म दराजको साझेदार, म तपाईंलाई परिचय गराउन चाहन्छु। व्यापारीहरूले स्टोरलाई लेनदेनको मात्रा बढाउन मद्दत गर्न ठूलो संख्यामा अंशकालिक कर्मचारीहरू भर्ना गर्न आवश्यक छ, ताकि दराज मलमा राम्रो स्टोर र्याङ्किङ प्राप्त गर्न सकियोस् ।

तपाईँलाई पैसा कमाउन मद्दत गर्नको लागि तपाईँले हाम्रो प्लेटफर्ममा खाता दर्ता गर्न मात्र आवश्यक छ, र तपाईँले प्रत्येक अर्डरको लागि ४% प्रिन्सिपल कमाउनु हुनेछ । परियोजना जोखिममुक्त छ र घर फोनमा काम गर्दछ।" लेखिएको मेसेज देखिन्छ । कुरा गर्दै जाँदा स्क्याम लिङ्क पठाएको हुन्छ, जसमा हामीलाई नै नयाँ अकाउन्ट खोल्न भनिएको हुन्छ ।

यसबाट डेटा लिएर स्क्यामरले त्यसको गलत प्रयोग गर्ने अनुमान गर्न सकिन्छ । यसबारे सचेत बनाउँदै दराजले त्यस्ता मेसेज आएमा उक्त लिङ्क [email protected] मा पठाउन अनुरोध गरेको छ ।  

 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०७९ १५:२५