close

ह्वाट्सएप च्याटमा यसरी बनाउनुहोस् पोल

टेकपाना टेकपाना

मंसिर ६, २०७९ १७:२१

ह्वाट्सएप च्याटमा यसरी बनाउनुहोस् पोल

काठमाडौं । ह्वाट्सएपले एन्ड्रोइड तथा आईओएस दुवै भर्सनमा ‘पोल’ फिचर उपलब्ध गराएको छ । यो फिचरमार्फत ह्वाट्सएप च्याटमा पोल सिर्जना गरी कुनै पनि विषयमा राय संकलन गर्न सकिन्छ । यसअघि यो फिचर कम्पनीले ग्रुप च्याटमा उपलब्ध गराउँदै आएको थियो ।

तर, नयाँ अपडेटसँगै पर्सनल च्याटमा पनि पोल क्रियट गर्न सकिने भएको छ । जसमा प्रयोगकर्ताले एउटा प्रश्नमा १२ ओटासम्म प्रश्न विकल्पहरु दिएर कुनै पनि विषयका बारेमा मत संकल गर्न सक्छन् । यो फिचर कुनै विषयमा राय संकलनका लागि निकै प्रभावकारी हुनेछ । त्यो हुँदा यहाँ हामी तपाईंहरुलाई यसको प्रयोगबारे जानकारी दिँदैछौं । 

ह्वाट्सएपमा यसरी क्रियट बनाउनुहोस् ‘पोल’

१. सुरुमा तपाईंको मोबाइलमा ह्वाट्सएप खोल्नुहोस् ।

२. अब पोल क्रियट गर्न चाहनुभएको ग्रुप च्याटमा जानुहोस् ।

३. च्याट बक्सको तल टाइपिङ बक्समा रहेको ‘अट्याचमेन्ट’ बटनमा क्लिक गर्नुहोस् ।

४. त्यहाँ तपाईंले ‘पोल’ देख्नुहुनेछ । उक्त पोलमा क्लिक गरी त्यहाँ तपाईंले सोध्न खोज्नु भएको प्रश्न राखी त्यसको तल त्यसका लालि आवश्यक विकल्पहरु दिनुहोस् । 

५. यसरी प्रश्न र विकल्प राखेसँगै त्यसको तल रहेको ‘सेन्ड’ बटमा क्लिक गर्नुहोस् । 

यति गेरसँगै ग्रुपमा रहेका सदस्यले उक्त पोलमा दिएका विकल्पमध्ये आफूलाई मनपर्ने विकल्प छनोट गरी मत प्रदान गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: मंसिर ६, २०७९ १७:२१