close

पब्जी मोबाइल क्लब ओपन एसिया फल २०२२ को फाइनल खेल सुरु, कस्तो छ नेपाली टिमको प्रदर्शन ?

टेकपाना टेकपाना

मंसिर ६, २०७९ १८:५४

पब्जी मोबाइल क्लब ओपन एसिया फल २०२२ को फाइनल खेल सुरु, कस्तो छ नेपाली टिमको प्रदर्शन ?

काठमाडौं । पब्जी मोबाइल क्लब ओपन (पीएमसीओ) एसिया फल २०२२ को फाइनल खेल आज हुँदैछ । यो प्रतियोगितामा नेपालसँगै पाकिस्तान र बङ्गलादेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनलमा नेपालबाट इलुमिनेट क्रिउ, ओमगन ई-स्पोर्ट्स, ग्रिम गेमिङ ई-स्पोर्टस, गोर्खाली वारियर्स, नेपाली लायन ई-स्पोर्टस  भिड्दै छन् । यो प्रतियोगिताको फाइनलको पहिलो दिनको खेल  सोमबार सम्पन्न भइसकेको छ ।

सोमबार भएको खेलमा इलुमिनेट क्रु अङ्क तालिकाको पाँचौ स्थानमा छ । यो टिमले पाँच खेलबाट १९ एलिमिनेसन पोइन्टसहित ५१ पोइन्ट बटुलेको छ । 

यसैगरी नेपाली लायन ई-स्पोर्टस आठौँ  र ग्रिम गेमिङ ई-स्पोर्टस ११ औँ स्थानमा रहेका छन् । अन्य नेपाली टिमको कुरा गर्ने हो भने गोर्खाली वारियर्स, ओमगन ई-स्पोर्ट्स क्रमशः १२ औँ र १५ औँ स्थानमा रहेका छन् ।

यो प्रतियोगिताको फाइनल तथा निर्णायक खेल अहिले चलिरहेको छ । जसअन्तर्गत पाँच खेल हुनेछन् । 

यो प्रतियोगिताको कूल पुरस्कार राशि ५० हजार अमेरिकी डलर (करिब ६५ लाख रुपैयाँ ) रहेको छ । जसमा विजेताले आठ हजार अमेरिकी डलर (करिब साढे १० लाख रुपैयाँ), दोस्रो हुने टिमले चार हजार अमेरिकी डलर (पाँच लाख रुपैयाँभन्दा बढी) र तेस्रो हुने टिमले दुई हजार अमेरिकी डलर (साढे दुई लाख रुपैयाँभन्दा बढी) हात पार्नेछ ।

साथै यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन नेपाली टिम पब्जी मोबाइल नेसनल च्याम्पियनशिप नेपाल २०२२ का लागि छनोट हुनेछन् । यो खेलको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल साउथ एसिया  ई-स्पोर्ट्स फेसबुक पेजबाट हेर्न सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०७९ १८:५५