close

सबैभन्दा धेरै आयकर बुझाएको नेपाल टेलिकमले पायो उत्कृष्ट करदाताको सम्मान

टेकपाना टेकपाना

मंसिर ७, २०७९ ९:११

सबैभन्दा धेरै आयकर बुझाएको नेपाल टेलिकमले पायो उत्कृष्ट करदाताको सम्मान

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम उत्कृष्ट करदाता घोषित भएको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा सर्वाधिक आयकर भुक्तानी गरेको भन्दै उत्कृष्ट करदाताको सम्मान दिएको हो ।

सरकारले कर दिवसको अवसरमा हरेक वर्ष मङ्सिर १ देखि ७ गतेसम्म कर सप्ताहको रुपमा मनाउने गरेको छ । बुधबार कर सप्ताहको अन्तिम दिन उत्कृष्ट करदातालाई सम्मानित गरिएको हो ।

जसमा निर्यात कारोबार तर्फ शिवशक्ति घ्यु र विशेष उद्योगबाट राजेश मेटलले समेत उत्कृष्ट करदाताको सम्मान पाएका छन् । 

पछिल्लो अध्यावधिक: मंसिर ७, २०७९ ९:१३