close

ज्याक माको आन्ट ग्रुपलाई एक खर्ब भन्दाबढी जरिवाना

टेकपाना टेकपाना

मंसिर ७, २०७९ ११:२२

ज्याक माको आन्ट ग्रुपलाई एक खर्ब भन्दाबढी जरिवाना

काठमाडौं । चिनियाँ सरकारले डलर अर्बपति तथा अलिबाबाका संस्थापक ज्याक माको आन्ट ग्रुपलाई १ बिलियन अमेरिकी डलर अर्थात १ खर्ब ३० अर्ब भन्दाबढी रकम जरिवाना तिराउने भएको छ । विगत दुई वर्ष देखि चिनियाँ सरकारले प्रविधिको क्षेत्रमा काम गर्दै आएको ग्रुपमाथि अनुगमन गर्दै आएको थियो ।

चीनको केन्द्रीय बैंकले गरेको अध्ययनका आधारमा कम्पनीलाई एक खर्ब ३० अर्ब भन्दाबढी जरिवान गर्ने तयारी भएको उल्लेख छ । यो अनुगमन दुई वर्ष अघि आन्ट ग्रुपको ३७ बिलियन अमेरिकी डलरको आईपीओ जारी गर्ने विषयबाट सुरु भएको थियो ।

हालसम्मकै सबैभन्दा ठुलो आईपीओ जारी गर्ने विषयलाई लिएर सरकारले आईपीओ जारी गर्न रोक लगाउँदै आन्ट ग्रुपमाथि अध्ययन अघि बढाएको थियो । सोही अध्ययनका आधारमा कम्पनीलाई जरिवाना गर्न लागिएको जनाइएको छ । यसका लागि केन्द्रीय बैंकले कम्पनीलाई पत्र समेत पठाई सकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  
 

पछिल्लो अध्यावधिक: मंसिर ७, २०७९ ११:२२