close

यसरी लिइराख्नुहोस् आफ्नो युट्युब च्यानलको युजरनेम

टेकपाना टेकपाना

मंसिर ७, २०७९ २२:४४

यसरी लिइराख्नुहोस् आफ्नो युट्युब च्यानलको युजरनेम

काठमाडौं । युट्युबले पछिल्लो समय उपलब्ध गराएको अपडेटमा विभिन्न फिचर समावेश गरेको छ । त्यसमा आएको नयाँ फिचर हो, युट्युब ह्यान्डल ।

यसको अर्थ युट्युब च्यानलमा पनि फेसबुक, इन्स्टाग्राम, ट्वीटर र टिकटकमा जस्तै गरी युजरनेम राख्न सकिने भएको छ । युजरनेमले सर्च इन्जिनमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

यदि तपाईँले फेसबुक, इन्स्टा, टिकटक वा ट्वीटरमा आफ्नो नाम नै युजरनेममा राख्नु भएको छ भने कुनै पनि सर्च इन्जिनमा तपाईँको नाम अगाडि देखिने सम्भावना धेरै हुन्छ । तपाईँले प्रयोग गरेको युजरनेम तपाईँका लागि महत्त्वपूर्ण हुन्छ ।

किनभने उक्त युजरनेम अर्को व्यक्तिले कुनै पनि हालतमा पाउँदैन । तपाईँले पाएको युजरनेम तपाईँको डिजिटल सम्पत्ति जस्तै हो । त्यसैले समयमा नै आफ्नो नामको युजरनेम बनाउँदा त्यसले राम्रो प्रभाव पार्छ ।

युट्युबले प्रयोगकर्तालाई मेल गर्दै युट्युब ह्यान्डल छान्न अनुरोध गरिरहेको छ । यदि तपाईँले आफ्नो युजरनेम राख्नु भएको छैन भने तपाईँको नामको पछाडि विभिन्न अङ्क राखेर युट्युब आफैले युजरनेम बनाइदिएको हुन्छ ।

आज हामी युट्युबमा सजिलै आफ्नो नामको युजरनेम कसरी राख्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले युट्युब एप खोल्नुहोस् ।

  • त्यसपछि दायाँपट्टि माथि तपाईँको प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् ।

  • अनि 'योर च्यानल' भन्ने अप्सन छान्नुहोस् ।

  • यति गरेपछि त्यहाँ तपाईँको युट्युब टाइमलाइन देखिन्छ । त्यहाँ अबाउटको माथि कलमको चिह्न (एडिट) मा ट्याप गर्नुहोस् ।

  • त्यसपछि ह्यान्डलको अप्सनमा गएर आफ्नो नाम राख्नुहोस् । यदि तपाईँको नाम उपलब्ध छ भने 'दिस ह्याण्डल इज अभाइलेभल' लेखिएको देखिन्छ ।

  • र, अन्तिममा सेभ अप्सनमा ट्याप गर्नुहोस् । यसरी आफ्नो नयाँ ह्याण्डल राख्न सकिन्छ । तपाईँले कुनै पनि ब्राउजरमा (https://youtube.com/@आफूले राखेको युजरनेम) सर्च गर्नुभयो भने तपाईँको च्यानल खुल्छ ।

 

 

 

पछिल्लो अध्यावधिक: मंसिर ७, २०७९ २२:४९