close

ईसेवाको टोल फ्री नम्बरमा समस्या, सामाजिक सञ्जालमा सम्पर्क गर्न आग्रह

टेकपाना टेकपाना

मंसिर ८, २०७९ ९:५६

ईसेवाको टोल फ्री नम्बरमा समस्या, सामाजिक सञ्जालमा सम्पर्क गर्न आग्रह

काठमाडौं । डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाको टोल फ्रि नम्बरमा प्राविधिक समस्या देखिएको छ । प्रयोगकर्ताले भुक्तानीमा समस्या ब्यहोरी रहँदा कम्पनीले यस्तो जानकारी गराएको हो । 

विश्वकप फुटबल सुरु भए यता टेलिभिजनमा लाइभ हेर्न चाहने प्रयोगकर्ताले च्यानलको सब्सक्रिप्सन लिने क्रममा एप लगइन तथा भुक्तानी गर्न नपाएको गुनासो गर्दै आएका छन । "ईसेवाको टोल फ्रि नम्बरमा प्राविधिक समस्या आएका कारण ग्राहक वर्गमा पर्न गएको असुविधाको लागि हामी क्षमा प्रार्थी छौँ," कम्पनीले एक सूचना प्रकाशित गर्दै भनेको छ ।

सेवा अपडेट भएपछि जानकारी गराउने भन्दै यस अवधिमा आवश्यक परेमा आफ्नो सामाजिक सञ्जाल माध्यमहरू मार्फत सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।  

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ १४:४