close

गुगल म्यापले नेपालमा समेत देखाउन थाल्यो सडकमा ट्राफिक जाम भए नभएको लाइभ

टेकपाना टेकपाना

मंसिर ८, २०७९ १०:२३

गुगल म्यापले नेपालमा समेत देखाउन थाल्यो सडकमा ट्राफिक जाम भए नभएको लाइभ

काठमाडौं । गुगल म्याप्सले नेपालमा समेत लाइभ ट्राफिक देखाउन सुरु गरेको छ ।  गुगलले आफ्नो म्याप्स एपको पछिल्लो अपडेट मार्फत नेपालमा समेत आफ्नो यो सेवा विस्तार गरेको हो ।

म्याप सुरु गरेको झन्डै दुई वर्षपछि अर्थात् सन् २००७ मा गुगलले पहिलो पटक सडकको 'रियल टाइम' ट्राफिक अवस्था देखाउने फिचरमा झन्डै १५ वर्षपछि नेपाल समेटिएको छ । 

नेपालको सहरी क्षेत्रको मात्र नभएर मुख्य राजमार्गको ट्राफिक अवस्था समेत गुगल म्यापमा देखिन थालेको छ । प्रयोगकर्ताले गुगल म्यापमा निश्चित गन्तव्य तय गरी नेभिगेसन सुरु गर्दा सडकको ट्राफिक अवस्थाको जानकारी देखिन्छ । 

जसमा निलो रङ्गले जाम नभएको, पहेँलो रङ्गले सडक व्यस्त अर्थात सवारीहरूको सङ्ख्या धेरै भए पनि चलिरहेको र रातो रङ्गले ट्राफिक जाम भइरहेको बुझाउँछ ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ १०:३७