close

गुगलको लाइभ ट्राफिक फिचर प्रयोग गर्न के बाइकमा 'मोबाइल होल्डर' राख्न मिल्ला ?

टेकपाना टेकपाना

मंसिर ८, २०७९ १२:५८

गुगलको लाइभ ट्राफिक फिचर प्रयोग गर्न के बाइकमा 'मोबाइल होल्डर' राख्न मिल्ला ?

काठमाडौं । गुगल म्याप्सको लाइभ ट्राफिक फिचर नेपालमा पनि उपलब्ध भएको छ । विशेषगरी सवारी चालक र यात्रुका लागि सडकको ट्राफिक विवरण थाहा पाउन याे फिचर उपयाेगी हुने विश्वास गरिएकाे छ । 

गल म्यापमा निश्चित गन्तव्य तय गरी नेभिगेसन सुरु गर्दा सडकको लाइभ अपडेट पाउन सकिनेछ । यसअन्तर्गत निलो रङ्गले जाम नभएको, पहेँलो रङ्गले सडक व्यस्त अर्थात् सवारीहरूको सङ्ख्या धेरै भए पनि चलिरहेको र रातो रङ्गले ट्राफिक जाम भइरहेको बुझाउँछ ।

तर यो फिचर प्रयोग गर्न मोटरबाइकमा होल्डर राख्ने वा मोबाइल प्रयोग गर्दै सवारी चलाए ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । यसअघि नै ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल होल्डर (स्ट्यान्ड) राख्न प्रतिबन्ध लगाएको छ ।

'ईन-बिल्ट रुपमा पहिल्यै डिजिटल डिस्प्ले उपलब्ध भएका सवारीलाई हामी रोक्दैनौं,'' ट्राफिक कार्यालका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले भने, 'तर सवारी साधनमा कुनै पनि परिवर्तन जस्तै; स्वरूप परिवर्तन, रङ्ग परिवर्तन, नयाँ पाटपूर्जा थपघट गर्नु कानूनतःः प्रतिबन्धित छ । यसर्थ होल्डर राख्न् वा अन्य मोडिफाई गर्ने कार्य नियम विपरीत छ, यस्तो गरेको पाइए कारबाही हुन्छ ।''

उनले कुनै पनि प्रकारको मोडिफाई वा स्वरुप परिवर्तनलाई बन्देज लगाइएकाले गुगलको लाइभ ट्राफिक फिचर गर्न बाइकमा मोबाइल होल्डर राख्न नपाइने स्पष्ट पारे ।

''म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि बाइकमा मोबाइल स्ट्यान्ड राख्ने वा एक हातले बाइक थाम्ने र अर्को हातले मोबाइल चलाउने कार्यले सवारी दुर्घटनाको जोखिम बढेकाे छ । यसको सुरक्षित प्रयोगबारे सबैले ध्यान दिन जरूरी छ,'' उनले भने ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ १२:५८