close

पब्जी विश्वकपमा आज नेपाली टिम ‘ट्रेन टु किल’ भिड्दै

टेकपाना टेकपाना

मंसिर ८, २०७९ १४:५८

पब्जी विश्वकपमा आज नेपाली टिम ‘ट्रेन टु किल’ भिड्दै

काठमाडौं । मलेसियामा जारी पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)मा ‘ग्रुप यल्लो’ को खेल बिहीबारदेखि सुरु हुँदैछ । नेपाली टिम ‘ट्रेन टु किल’ले यल्लो ग्रुपमा रहेका अन्य १५ टिमसँग प्रतिस्पर्धा गर्दैछ ।

आइतबार सम्पन्न हुने यो समूहको खेल सकिँदा शीर्ष तीनभित्र पर्ने टिम सिधै अन्तिम चरणका लागि छनोट हुनेछन् । चौंथोदेखि ११औं स्थानमा रहने टिमले अन्तिम चरणमा स्थान बनाउनको लागि पुनः अर्को अवसर पाउनेछन् । जसलाई सर्भाइबल स्टेज नाम दिइएको छ । यसमा २४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सर्भाइबल स्टेजको खेल ३० नोभेम्बरदेखि दुई डिसेम्बरसम्म चल्नेछ । जसमा समूह चरणमा राम्रो प्रदर्शन गर्न नसकेका नेपाली टिम डीआरएस गेमिङ र स्काइलाइट गेमिङसँगै अन्य १४ टोलीको टुङ्गो लागिसकेको छ । बाँकी आठ टोलीको टुङ्गो भने ‘यल्लो ग्रुप’ को खेल सम्पन्न भएपछि लाग्नेछ ।

समूह चरणको खेल सकिँदा अङ्क तालिकाको पुछारमा रहेका पाँच टिम भने प्रतियोगिताबाट नै बाहिरिने छन् । समूह चरणको खेल नेपाली टिम ट्रेन टु किललाई शीर्ष तीनभित्र रहेर अन्तिम चरणमा स्थान बनाउने एउटा सुनौलो अवसर हो ।

यो प्रतियोगिताको कुल पुरस्कार राशि ४० लाख डलर (५२ कराेड रूपैयाँ बढी)मध्ये विजेताले ९० हजार डलर (करिब एक करोड १६ लाख), उपविजेताले ८५ हजार डलर (करिब एक करोड १० लाख ) र तेस्रो हुने टिमले ८० हजार डलर (करिब साढे एक करोड) हात पार्नेछन् ।  

खेल दिउँसाे ४ः३० देखि सुरू हुनेछ । यो खेलको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल साउथ एसिया ई-स्पोर्ट्सको युट्युब च्यानल तथा फेसबुक पेजबाट हेर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ १४:५८