close

आईफोन १४ मा सामसङको ओएलईडी डिस्प्ले

टेकपाना टेकपाना

मंसिर १०, २०७९ ८:९

आईफोन १४ मा सामसङको ओएलईडी डिस्प्ले

काठमाडौं । सामसङको ओएलईडी डिस्प्ले डिभाइसहरूको दुनियाँमा निकै नै चर्चित र लोकप्रिय नाम हो । यसको एउटा कारण एप्पलले आईफोनमा कोरियाली निर्माता कम्पनी सामसङको डिस्प्ले प्रयोग गर्ने निर्णय पनि हो । हालै सार्वजनिक भएको एक नयाँ रिपोर्टका अनुसार सामसङले आईफोन १४ को लागि मात्र ७० प्रतिशत भन्दा बढि ओएलईडी डिस्प्ले आपूर्ति गर्ने तयारी गरिरहेको छ । 

आईफोन १४, १४ प्लस, १४ प्रो र १४ प्रो म्याक्स चारवटै मोडलमा सामसङको डिस्प्ले प्रयोग हुने भएको हो । एप्पलले १२ करोड थान आईफोन १४ सिरिजका स्मार्टफोनहरू तयार गर्दैछ । यसका लागि कम्पनीले सामसङबाट ८ करोड सामसङको, दुई लाख भन्दा बढि एलजी लगायत अन्य ब्रान्डहरूको डिस्प्ले अर्डर गरेको हो । 

पछिल्लो अध्यावधिक: मंसिर १०, २०७९ ९:४