काठमाडौं । प्रयोगकर्ताको डेटा सुरक्षामा कम्पनी सधैं संवेदनशील रहेको एप्पलले दाबी गर्दै आएको छ । यद्यपि एक अनुसन्धानले भने कम्पनीले दाबी गरेजस्तो आईफोन प्रयोगकर्ताको डेटा गोप्य नभएको निष्कर्ष निकालेकाे छ ।
अनुसन्धानकर्मीका अनुसार कम्पनीले डाइरेक्टरी सर्भिस आइडेन्टिफायर प्रयोगकर्ताको एप्पल आईडी र आईक्लाउडमा लिङ्क गरेको हुन्छ । एप्पलले सम्भावित रूपमा यो डीएसआईडी प्रयोग गरी प्रयोगकर्ताको विवरणहरू प्रयोग गर्न सक्छ ।
हुन त एप्पलले यो प्रणालीले प्रयोगकर्ताको कुनै पनि व्यक्तिगत विवरण पहिचान गर्दैन भनेर दाबी गरेको छ । तर यसले आफ्नो हरेक अपडेटमार्फत यो प्रणाली लागू गरिरहेको छ ।
यसले तपाईंको आईफोन, किबोर्डमा प्रयोग भएका भाषाहरू र अन्य विवरणहरू समावेश गर्दछ, जसको माध्यमबाट तपाईंको उपकरणसमेत प्रयोग गर्न सकिन्छ ।
🚨 New Findings: 🧵 1/6 Apple’s analytics data include an ID called “dsId”. We were able to verify that “dsId” is the “Directory Services Identifier”, an ID that uniquely identifies an iCloud account. Meaning, Apple’s analytics can personally identify you 👇 pic.twitter.com/3DSUFwX3nV