close

मोबाइल एप बनाउन चाहनेका लागि निःशुल्क अनलाइन तालिम सुरू, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

मंसिर १०, २०७९ १६:२८

काठमाडौं ।  टेकपाना मिडियाको आयोजनामा आजदेखि मोबाइल एप डेभलपमेन्ट सम्बन्धी निःशुल्क तालिम सुरू भएको छ । सफ्टवेयर तथा मोबाइल एप डेभलपमेन्ट कम्पनी क्लिफबाइटसँगको सहकार्यका टेकपानाले युट्युबमार्फत मोबाइल एप बनाउने आधारभूत तालिम दिने थालेको हो ।

शनिबारदेखि सुरु भएकाे तालिममा ११ ओटा एपिसोड छन् भने याे तालिम लगातार दश सातासम्म सञ्चालन हुनेछ । बिहीबार र शनिबार बिहान ११ बजे टेकपानाको युट्युब च्यानलमा अपलोड हुने यो तालिममा प्रशिक्षकका रूपमा  क्लिफबाइट टेक्नोलोजीका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) सरोज दाहाल रहेका छन् । 

यदि तपाईँ पनि यो तालिममा भाग लिन चाहनुहुन्छ भने यहाँ क्लिक गरी टेकपानाको युट्युब च्यानल सब्सक्राइब गरी नोटिफिकेसन बटन अन गर्नुहोस् । 

पहिलो एपिसोड 

 

पछिल्लो अध्यावधिक: मंसिर १०, २०७९ १६:५५