close

१६ जीबी र्‍याम सहितको ओप्पो रेनो ९ प्रो प्लस सार्वजनिक, कहिले आउँछ नेपाल?

टेकपाना टेकपाना

मंसिर ११, २०७९ ९:३०

१६ जीबी र्‍याम सहितको ओप्पो रेनो ९ प्रो प्लस सार्वजनिक, कहिले आउँछ नेपाल?

काठमाडौं । ओप्पोको नयाँ स्मार्टफोन ओप्पो रेनो ९ प्रो प्लस सार्वजनिक भएको छ । ओप्पो रेनो ९ र रेनो ९ प्रोसँगै कम्पनीले ओप्पो रेनो ९ प्रो प्लस सार्वजनिक गरेको छ । यो फोनमा १२० हर्ज रिफ्रेसरेट र २४० हर्ज टच स्याम्पलिङ रेट सहितको ६.७ इन्चको एमोलेड डिस्प्ले छ । फोनमा सेल्फिको लागि ३२ मेगापिक्सेलको सोनी आईएमएक्स७०९ क्यामेरा छ भने ५० मेगापिक्सेलको सोनी आईएमएक्स८९० मुख्य क्यामेरा छ । 

स्न्यापड्रागन ८ प्लस जेन १ चिपसेट सहितको यो फोनमा १६ जीबी र्‍याम र २५६/५१२ जीबी स्टोरेज उपलब्ध छ । ४,७०० एमएएच ब्याट्री भएको यो फोनले ८० वाटको वायर्ड चार्जर र ५० वाटको वायरलेस चार्जर सपोर्ट गर्छ । फोनमा पहिले नै एन्ड्रोइड १३ इन्स्टल गरिएको छ । कम्पनीले १६ जीबी र्‍याम सहितको २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ३,९९९ युआन तोकेको छ भने ५१२ स्टोरेज भेरियन्टको मूल्य ४,३९९ युआन तोकेको छ । 

डिसेम्बर २ बाट चिनियाँ बजारमा बिक्री सुरु हुने भनिएको यो फोन लगत्तै नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान छ । 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ ९:३०