close

सफा टेम्पोमा क्यूआर स्क्यान गरी भाडा तिर्न सकिने

टेकपाना टेकपाना

मंसिर ११, २०७९ १५:५९

सफा टेम्पोमा क्यूआर स्क्यान गरी भाडा तिर्न सकिने

काठमाडौं । सिभिल बैंकले आफ्नो १२ औँ वार्षिक उत्सवको अवसरमा सफा टेम्पोको भाडा क्यूआर कोडमार्फत तिर्न सकिने व्यवस्था ल्याएको छ । नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीति अनुरूप बैंकले 'गो क्याशलेस' अभियान सुरु गरेको हो । ललितपुरको जावलाखेलमा एक कार्यक्रम आयोजना गर्दै बैंकले उक्त अभियानको उद्‍घाटन गरेको छ ।

यसअघि बैंकले सफा टेम्पो चालकलाई क्युआर कोडका लागि फारम भर्न अनुरोध गरेको थियो । सोही अनुरुप फारम भर्ने चालकलाई बैंकले शनिबार क्यूआर कोड स्ट्यान्डी (क्यूआर कोड स्यान्ड), ज्याकेट र एटीएम कार्ड प्रदान गरेको हो । 

यसमा छुटेका चालकले सिभिल बैंकको नजिकैको कार्यलयमा गएर फारम भर्न सक्ने बैंकले बताएको छ । क्यूआर कोड सेवा प्रोत्साहन गर्नका लागि बैंकले आफ्ना सेवाग्राहीको लागि अन्य विभिन्न सुविधा पनि थप गरेको जनाएको छ । क्युआर कोडको व्यवस्थाले टेम्पो चढ्ने यात्रु र चालक दुवैलाई फाइदा हुने बैंकको विश्वास छ ।

 

 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ १६:१