close

काठमाडाैंमा दुई दिने इन्जिनियरिङ एक्स्पो आयोजना हुँदै, प्रवेश निःशुल्क

टेकपाना टेकपाना

मंसिर ११, २०७९ १८:३७

काठमाडाैंमा दुई दिने इन्जिनियरिङ एक्स्पो आयोजना हुँदै, प्रवेश निःशुल्क

काठमाडाैं । इन्जिनियर भ्लग्‍सकाे आयाेजनामा आउँदाे मंसिर २३ र २४ गते ‘अर्बिट इन्जिनियरिङ एक्साे’ हुने भएकाे छ । ‘रि-इन्जिनियरिङ याेर आइडिया फर सस्टेनेबल नेपाल’ थिम रहेकाे यो एक्स्पाे काठमाडाैं स्थित एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको प्राङ्गणमा हुनेछ । 

मुख्य बाहेक थप एघार ओटा थिममा समेत आफूहरूले काम गरिरहेको इन्जिनियर भ्लग्सका सभापति आशुतोष कर्ण बताए । “समाजमा पनि केही प्रभाव पार्ने उद्देश्यले जलवायु परिवर्तन, बायाेमेडिकल, ट्राफिक म्यानेजमेन्ट जस्ता थिममा आधारित भएका प्राेजेक्टहरु एक्स्पाेमा प्रदर्शन हुन्छन्,” उनले भने ।

इन्जिनियर भ्लग्स स्नातकमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीले सन् २०२० मा गठन गरेकाे एक ‘कम्युनिटी’ (समुदाय) हाे । त्यस यता पहिलाे पटक एक्स्पाे आयोजना गर्न लागिएको कर्णले बताए ।

“धेरै जसाे इन्जिनियरिङ एक्स्पाे कुनै एउटा विश्वविद्यालयले मात्र आयोजना गरिरहेकाे अवस्था छ,” उनी थप्छन्, “हामीले गर्ने एक्स्पाेमा विभिन्न विश्वविद्यालयका विद्यार्थीकाे प्राेजेक्टहरू प्रदर्शन हुनेछन् ।”

यो एक्स्पाेमा इन्जिनियरिङका विद्यार्थीले बनाएका प्राेजेक्ट प्रदर्शनीमा राखिनेछ । साथै राेबाे फुटबल, राेबाे वार, पेपर ब्रिज कम्पिटिसन आदि समेत एक्स्पोमा देख्न पाइनेछ । आगन्तुकका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ १९:१५