close

फोटोग्राफीमा रुची हुनेहरूलाई लक्षित गर्दै प्यानल छलफल हुँदै, यसरी बन्नुहोस् निःशुल्क शहभागी

टेकपाना टेकपाना

मंसिर ११, २०७९ २१:३५

फोटोग्राफीमा रुची हुनेहरूलाई लक्षित गर्दै प्यानल छलफल हुँदै, यसरी बन्नुहोस् निःशुल्क शहभागी

काठमाडौं । फोटोग्राफीमा रुचि हुने हरूका लागि प्यानल छलफल कार्यक्रम हुने भएको छ । गेहेन्द्र धिमाल फाउन्डेसनको आयोजनामा १७ मंसिर दुई बजेदेखि ३ः३० बजेसम्म काठमाडौंको मण्डिखाटारमा यो कार्यक्रम आयोजना हुने भएको हो ।

चर्चित फोटोग्राफरहरूले नेपाली फोटोग्राफी माथिको विगत छ दशक लामो अनुभवको विषयमा चर्चा गर्ने छन् । कार्यक्रममा फेशन तथा पोट्रेट फोटोग्राफर गौतम धिमाल, ल्यान्डस्केप तथा नेचर फोटोग्राफर जगदिश तिवारी र वाइल्डलाइफ तथा ट्राभल फोटोग्राफर ओम प्रकाश यादव मुख्य वक्ताको रूपमा रहनेछन् ।

नेपालका पहिलो छायाँकार गेहेन्द्र धिमालको सम्झनामा सन् २०२० मा स्थापना भएको फाउन्डेसनले समाजका लागि योगदान गर्नुका साथै फोटोग्राफीमा लाग्नेहरूको सशक्तीकरण गर्ने उद्देश्य लिएको छ ।

यदि तपाईँ पनि यो कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरि निःशुल्क रूपमा रजिस्टर गर्न सक्नु हुनेछ । तर यसका लागि सिट सीमित रहेको आयोजकले जनाएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ २२:६