close

ब्लक गरिएका वेबसाइट खोल्न उपयोगी निःशुल्क भीपीएन भएका तीन वेब ब्राउजर

टेकपाना टेकपाना

मंसिर १२, २०७९ १४:१९

ब्लक गरिएका वेबसाइट खोल्न उपयोगी निःशुल्क भीपीएन भएका तीन वेब ब्राउजर

काठमाडौं । इन्टरनेटमा कतिपय यस्ता सामग्री हुन्छन्, जुन तपाईँ बसेको देशमा ब्लक गरिएका हुन सक्छन् । यस्तो अवस्थामा त्यस्ता कन्टेन्टमा पहुँच पाउन तपाईँले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्नुपर्ने हुन्छ ।

वास्तवमा कम्पनीहरूले भीपीएन सेवा दिइरहेका हुन्छन्, जसका लागि तपाईँले निश्चित शुल्क तिर्नुपर्ने हुन्छ । तर केही यस्ता भीपीएन पनि हुन्छन्, जुन तपाईँले निःशुल्क पाउन सकिन्छ ।

अझ छुट्टै भीपीएन सेवा लिएर प्रयोग गर्न पनि केही प्राविधिक सीप तपाईँसँग हुनु पर्छ । ​यस्तोमा तपाईँले निःशुल्क भीपीएन भएका ब्राउजर समेत 

पाउन सक्नु हुन्छ । जसमा तपाईँले थर्ड पार्टी एपमा भर नपरी भीपीएनको सुविधा प्रयोग गर्न सक्नु हुन्छ । 

१) ओपेरा ब्राउजर

सन् १९९४ मा तयार पारिएको यो ब्राउजर दुई वर्षपछि अर्थात १९९६ मा मात्र सार्वजनिक भएको थियो । यो ब्राउजरमा सन् २०१६ देखि ‘ब्युल्ट इन भीपीएन’ भीपीएन समावेश छ ।

तर डिफल्ट रूपमा यो ब्राउजरमा भीपीएन अफ गरिएको हुन्छ । यसलाई प्रयोग गर्न सेटिङमा गएर अन गर्नुपर्ने हुन्छ । एकपटक ब्युल्टइन भीपीएन एक्टिभेट गरिसकेपछि एड्रेसबारेमा भीपीएनको आइकन देखिन्छ ।

निःशुल्क उपलब्ध हुने भीपीएन सहितको यो ब्राउजर सुरक्षित रूपमा ब्राउजिङका लागि प्रयोग गर्न सकिन्छ । यसमा भएको भीपीएन प्रयोग गर्न छुट्टै अकाउन्ट बनाउनु पर्छ भन्ने पनि छैन ।

जसले गर्दा तपाईँको गोपनीयता सुरक्षित रहने कुरामा ढुक्क हुन सक्नुहुन्छ । ओपेरा ब्राउजर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

२) इपिक प्राइभेसी ब्राउजर

क्रोमियममा आधारित इपिक प्राइभेसी ब्राउजर क्रोमको विकल्पमा प्रयोग गर्न सकिन्छ । पहिले इपिक ब्राउजरको एड ब्लकर (विज्ञापन ब्लक गर्ने टुल) र ब्युल्टइन भीपीएन डिफल्ट रुपमै अन भएको हुन्थ्यो ।

तर, पछि ती फिचरहरू एक्सटेन्सनका रूपमा प्रि-इन्स्टल भएर आउन थाले । त्यसपछि मात्र म्यानुअल्ली भीपीएन अन गर्नुपर्ने बनाइयो ।

यो ब्राउजरमा डिफल्ट सर्च इन्जिनका रूपमा याहू रहेको छ । यहाँ क्लिक गरेर निःशुल्क प्रयोग गर्न सकिने इपिक प्राइभेसी ब्राउजर डाउनलोड गर्न सक्नुहुन्छ ।

३) टोर प्रोजेक्ट

टोर प्रोजेक्ट वेब ब्राउजरलाई अनियन राउटर पनि भन्ने गरिन्छ । यो ब्राउजर गोपनीयताको मामिलामा सबैभन्दा बलियो विकल्प मध्ये एक हो । किनभने यसले प्रयोगकर्ताको डेटा सुरक्षित गर्न मल्टिलेयर इन्क्रिप्सन प्रयोग गर्छ ।

त्यसबाहेक, यसले टोर नेटवर्कभित्र डेटा ट्याक गर्न असम्भव बनाउँदै गोपनीयताको सैरक्षण गर्छ । जब तपाईँ टोर ब्राउजर खोल्नुहुन्छ, तपाईँले म्यानुअल तरिकाबाट भीपीएन अन गर्नुपर्ने हुन्छ । निःशुल्क उपलब्ध हुने टोर ब्राजर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

          

 

पछिल्लो अध्यावधिक: मंसिर १२, २०७९ १४:२०