close

डिशहोमका यी २ सेटटप बक्समा मात्रै आउँछ टुके गुणस्तरको विश्वकप लाइभ

टेकपाना टेकपाना

मंसिर १२, २०७९ १७:२३

डिशहोमका यी २ सेटटप बक्समा मात्रै आउँछ टुके गुणस्तरको विश्वकप लाइभ

काठमाडौं । टेलिभिजन वितरक डिशहोमले दुई प्रकारका सेटटप बक्समा मात्रै टुके (2K) गुणस्तरमा विश्वकप फुटबलको लाइभ प्रसारण गरिरहेको छ । 

डिशहोमका ग्राहकहरूलाई विश्वकप लाइभको गुणस्तरको विषयमा अन्यौलता भएपछि कम्पनीले एक सूचना जारी गर्दै दुई प्रकारका सेटटप बक्समा मात्र टुके गुणस्तरको लाइभ प्रसारण भइरहेको जानकारी दिएको हो । सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै डिशहोमले टुके फर्म्याटमा 'हिमालय प्रिमियम' च्यानल नम्बर ९८१ मा प्रसारण भइरहेको जानकारी दिएको छ ।

साथै उक्त च्यानल डीएच-एचडी-०२९० र  डीएच-एचडी-०२९२ (DH-HD-0290 र DH-HD-0292) मा मात्र  टुके गुणस्तरमा हेर्न सकिनेछ । सेटटप बक्सको मोडेल नम्बर उक्त बक्सको पछाडि टाँसिएको स्टिकरमा हेरेर थाहा पाउन सकिन्छ । डिशहोमका लागि 'हिमालय प्रिमियम'को सब्स्क्रिप्सन लिने प्रक्रियाबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । 

 

 

पछिल्लो अध्यावधिक: मंसिर १३, २०७९ ११:३२