close

अब अनलाइनबाट १५ मिनेट भित्र पेन्सनपट्टा लिन सकिने

टेकपाना टेकपाना

मंसिर १४, २०७९ ८:१७

अब अनलाइनबाट १५ मिनेट भित्र पेन्सनपट्टा लिन सकिने

काठमाडौं । अब देखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाट नै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना 
(निजामती)ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याएको छ । 

किताबखानाले सबै निजामती कर्मचारीको सेवा प्रवेश गरेदेखि अवकाश हुँदासम्मका सबै विवरणलाई अनलाइनमा समावेश गरेको र अब पेन्सनपट्टाका कामहरू अनलाइन मार्फत नै हुने जानकारी दिएको छ ।  सोही अनुरूप अनलाइनबाट पेन्सनपट्टाको काम गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । नयाँ प्रविधिका कारण अवकाश प्राप्त कर्मचारीले १५ मिनेटभित्र पेन्सनपट्टा लिन सक्नेछन् । किताबखानाका महानिर्देशक बाबुराजा श्रेष्ठले

पेन्सनपट्टा बनाउनुका लागि दुर्गम जिल्लादेखि तीन/चार दिनसम्म काठमाडौँ धाइरहन नपर्ने बताएका छन् । कर्मचारीको सबै विवरण विद्युतीकरण नहुँदा अहिलेसम्म देशभरका सबै निकायमा कार्यरत कर्मचारी सेवाबाट अवकाश हुँदा पेन्सनपट्टा लगायतका कागजात निर्माणका लागि समय, श्रम र रकम खर्च गरी काठमाडौँ धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । 

विद्युतीय हस्ताक्षर अहिले सबै कार्यालयमा कार्यान्वयनमा नआएको र सबै कार्यालयमा विद्युतीय हस्ताक्षर कार्यान्वयनमा आएपछि भने घरैमा बसेर पेन्सनपट्टा लिन सकिने पनि उनले बताए । आगामी दिनदेखि 
कर्मचारी अवकाश हुनुभन्दा छ महिना अगाडि नै सम्बन्धित कर्मचारीलाई अनलाइन माध्यमबाट जानकारी गराइने पनि उनले बताए । 

- गोरखापत्रबाट

पछिल्लो अध्यावधिक: मंसिर १४, २०७९ ८:१९