close

लुना जीपीएसले तयार गर्‍यो १० भाषामा प्रयोग गर्न सकिने भेहिकल ट्रयाकिङ सिस्टम

टेकपाना टेकपाना

मंसिर १४, २०७९ ९:९

लुना जीपीएसले तयार गर्‍यो १० भाषामा प्रयोग गर्न सकिने भेहिकल ट्रयाकिङ सिस्टम

काठमाडौं । भेहिकल ट्रयाकिङ सिस्टम निर्माता कम्पनी ‘लुना जीपीएस’ ले १० ओटा भाषामा प्रयोग गर्न सकिने सवारी साधन ट्रयाकिङका लागि आवश्यक प्रणाली तयार पारेको छ । यो प्रणालीले सवारी साधनलाई रियल टाइम ट्रयाकिङ गर्दै दुर्घटना भएको समेत जानकारी दिने जनाइएको छ । यसका साथै यो सिस्टममा ओभर स्पीड, गाडी जाम भए नभएको लगायतका जानकारी पनि प्राप्त गर्न सकिन्छ । 

चालिस भन्दा बढी फिचर रहेको यो भेहिकल ट्रयाकिङ सिस्टम अंग्रेजी, नेपाली, नेवारी, थारु, डोटेली, मैथली, भोजपुरी, लिम्बू जस्ता १० भाषामा प्रयोग गर्न सकिनेछ । पहिलो चरणमा यो सिस्टम अंग्रेजी र नेपाली भाषामा मात्र उपलब्ध भएपनि चाँडै अन्य भाषामा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो सिस्टममा नेपाली पात्रो रहेको हुँदा अरु भन्दा भिन्न र सहज रहेको दावी कम्पनीको छ । कम्पनीका अनुसार यो सिस्टममा विद्यालयका लागि ‘जियो फेन्सिङ’ फिचर पनि उपलब्ध रहेको छ । जसले अभिभावकलाई आफ्नो बालबालिका विद्यालयबाट आउँदै गरेको वा गाडी घर छेउमा पुगेको जानकारी मोबाइलमा नोटिफकेसन, ईमेल, एसएमएसमार्फत जानकारी उपलब्ध हुनेछ ।

ठूलो सवारी साधनका लागि यो सिस्टममा तेल मापन सेन्सर रहेको छ । जसले गाडीमा कति इन्धन प्रयोग भयो, कहाँ कहाँ तेल हालियो जस्ता सम्पूर्ण जानकारी दिने जनाइएको छ । यसका साथै बाइकमा समेत यो प्रणाली जडान गर्न सकिने जनाइएको छ ।

यो प्रणाली बाइकमा जडान गरी बाइक कहाँ छ ? कति को स्पीडमा छ ? पछिल्लो एक हप्तामा कहाँ कहाँ गुड्यो, कहाँ रोकियो कति समय रोकियो, कुन ठाउँमा ओभर स्पीडमा थियो लगायतका जानकारी लिन सकिने कम्पनीको भनाई छ ।


 

पछिल्लो अध्यावधिक: मंसिर १४, २०७९ ९:१३