close

टाटाको ईभी किन्न एभरेष्ट बैंकले सस्तो ब्याजदरमा ऋण दिने

टेकपाना टेकपाना

मंसिर १४, २०७९ १३:११

टाटाको ईभी किन्न एभरेष्ट बैंकले सस्तो ब्याजदरमा ऋण दिने

काठमाडौं । टाटाको विद्युतीय कार खरिद गर्न एभरेष्ट बैंकले ८० प्रतिशत सम्मको कर्जा प्रवाह गर्ने भएको छ । एभरेष्ट बैंक र टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङबिच भएको सम्झौता अनुसार बैंकले टाटाको विद्युतीय सवारीहरूको लागि सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको हो ।

सम्झौता पत्र अनुसार टाटाको विद्युतीय कार खरिद गर्न चाहने ग्राहकलाई बैंकले १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म कर्जा सेवा प्रवाह गर्ने भएको छ । आम ग्राहकवर्गलाई टाटा मोटर्सको विद्युतीय कार खरिदमा सहजताका लागि कर्जा सेवा उपलब्ध गराइएको बैंकले जनाएको छ । यो सुविधा एभरेष्ट बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ । अन्य बैंकहरूको तुलनामा एभरेष्टले लिने यो ब्याजदर केही सस्तो रहेको छ । 

पछिल्ला केही दिनहरूमा सिप्रदीले विद्युतीय सवारीको खरिदका लागि ग्राहकलाई ऋणमा सहुलियत दिन विभिन्न बैंकहरूसँग सम्झौता गरिरहेको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर १४, २०७९ १३:४७