close

नेपाल मै पहिलो पटक एकसाथ पब्जी र फ्रि फायर आयोजना गर्दै सुबिसु

टेकपाना टेकपाना

मंसिर १४, २०७९ १८:१६

नेपाल मै पहिलो पटक एकसाथ पब्जी र फ्रि फायर आयोजना गर्दै सुबिसु

काठमाडौं। इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको प्रायोजनमा नेपालमै पहिलो पटक पब्जी र फ्रि फायर प्रतियोगिता एकसाथ आयोजना हुने भएको छ । सेप्टेम्बर २२ देखि सुरु भएको ‘अल्टिमेट ब्याटलः पब्जी एण्ड फ्रिफायर’आउँदो डिसेम्बर १० सम्म चल्नेछ । 

पाँच हजार भन्दा बढी टिम सहभागी प्रतियोगिताको सेमिफाइनल लिग म्याचहरूमा अन्तर्राष्ट्रिय टिमले समेत भाग लिने आयोजकले जनाएको छ । सेमिफाइनलमा सन् २०१९ को फ्रि फायर विश्व विजेता टिमका साथै पाँच अन्य अन्तर्राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा थाइल्याण्डको ‘किङ अफ द गेमर्स’, भियतनामको ‘ह्याभी’, ब्राजिलको ‘कोरिन्थियन्स’, मोरक्कोबाट ‘वाक्स’, मलेसियाबाट ‘एक्सिय स्पोर्टस’ र इन्डोनेसियाबाट 'आरआरक्यू' रहेका छन्।

यसमध्ये ब्राजिलको ‘कोरिन्थियन्स’ सन् २०१९ को फ्रि फायर विश्व विजेता टिम हो । त्यस्तै ‘किङ अफ द गेमर्स’ सन् २०२१ मा आयोजना भएको ‘फ्रि फायर प्रो लिग थाइल्याण्ड सेसन ५ – मिड सेसन राउण्ड’को बिजेता टिम हो । भियतनामको ‘प्रो स्क्रिम’ टिमले सन् २०२२ मा ‘बी बोया ! भियतनाम प्रो स्क्रिम सेसन२’ जितेको थियो ।

इन्डोनेसियन टिम आरआरक्यू यसै वर्ष आयोजना भएको ‘डीजी एरिना च्याम्पियनशिप २०२२’ को बिजेता टिम हो भने मोरक्कोको‘वाक्स’ र मलेसियाको ‘एक्सियस्पोर्टस’टिमसँग फ्रि फायर प्रोफेसनल लिग खेलेको अनुभव रहेको छ । यी टिमले आफ्नै देशबाट अनलाइनबाटै फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसरी नेपालमा आयोजना भइरहेको प्रतियोगितामा अन्तर्राष्ट्रिय विश्व विजेता टिमको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धी र उपलब्धि मूलक बनाउन मद्दत पुग्ने आयोजकको विश्वास छ। आयोजकका अनुसार यो प्रतियोगिताको फाइनल खेल डिसेम्बर १० मा होटल डे ला अन्नपूर्णमा हुनेछ।

उक्त फाइनल प्रतियोगितामा सुबिसुले ल्याएको ‘गेमर प्याकेज’इन्टरनेट प्रयोग हुने बताइएको छ । यसअघि सुबिसुले नेपालमा बढ्दो अनलाइन गेमको प्रयोगलाई सम्बोधन गर्ने गरी गेमर प्याकेज सार्वजनिक गरेको थियो । जस अन्तर्गत कम्पनीले १५० एमबीपीएस, २०० एमबीपीएस गतिको इन्टरनेट प्लस क्लियर टिभी र ३०० एमबीपीएस गतिको इन्टरनेट गरी कूल तीनओटा प्याकेज रहेका छन्। जसमा १५० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १४,९९९ रुपैयाँमा जडान गर्न सकिनेछ।

त्यस्तै इन्टरनेट तथा क्लियर टिभीसहितको २००एमबीपीएस गतिको कम्बो प्याकेज वार्षिक १८,९९९ रुपैयाँमा जडान गर्न सकिने जनाइएको छ। त्यस्तै ३०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज १८,९९९ रुपैयाँमा जडान गर्न सकिनेछ ।

यी सबै वार्षिक प्याकेज अन्तर्गत ग्राहकले डुअल ब्याण्ड ओएन यू राउटर, ड्रप वायरका साथै जडान शुल्क समेत निःशुल्क पाउनेछन् । कम्पनीले ल्याएका यी प्याकेज फाइनल खेलमा खेलाडीले प्रयोग गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो प्रतियोगिताको लाइभ नोभेम्बर २७ देखि हरेक दिन साँझ ६ बजे जे म्युजिक एचडी च्यानल र जे म्युजिक युट्युब च्यानलमार्फत हुनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०७९ १८:२२