close

शाखारहित बैंकिङमार्फत कारोबार गर्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी कुरा

टेकपाना टेकपाना

मंसिर १५, २०७९ १४:५२

शाखारहित बैंकिङमार्फत कारोबार गर्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी कुरा

काठमाडौं । आफ्नो शाखा नभएका ठाउँमा सहज रुपमा आर्थिक कारोबार गर्न सहयोग पुर्‍याउने उद्देश्यसहित विभिन्न बैंक तथा वित्तीय संस्थाले शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएका छन् । यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्छ ।

यस्तो सेवामार्फत कारोबारमार्फत गर्दा सर्वसाधारणले यी कुरामा ध्यान दिन नियामक नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ:

-सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरण्मार्फत मात्र गर्नुपर्छ ।

-कुनै पनि कारोबार गरिसकेपछि विद्ययुतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोबार बमोजिम भए/नभएको यकिन गर्नुपर्छ । साथै विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनी) मार्फत पनि आफूले गरेका कारोबारको यकिन गर्न सकिन्छ ।

-शाखारहित बैंकिङ कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोबार गरे बमोजिमको भए/नभएको बेला बेलामा बैंक खातामार्फत समेत यकिन गर्नुपर्छ ।

-व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए नभएको तुरुन्त यकिन गर्नुपर्छ ।

-सेवा सञ्चालनका सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा नेपाल राष्ट्र बैंकको फोन नं. ०१-४४१५१५८ या गुनासो सुनुवाई गर्ने पोर्टलमार्फत जानकारी गराउनुपर्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १४:५२