close

स्मार्ट सहरमा प्रयोग हुने प्रविधिबारे विद्यार्थीलाई डिजी स्कुलको प्रशिक्षण

टेकपाना टेकपाना

मंसिर १५, २०७९ २२:३१

स्मार्ट सहरमा प्रयोग हुने प्रविधिबारे विद्यार्थीलाई डिजी स्कुलको प्रशिक्षण

काठमाडौ । विधार्थीरूलाई स्मार्ट सिटी अन्तर्गतका प्रविधिबारे जानकारी दिने उद्वेश्यले एक कार्यक्रमको आयोजना गरिएको छ । पछिल्लो समय विश्वमा बढ्दै गएको स्मार्ट सिटीसँग सम्बन्धित प्रविधिबारे विद्यार्थीलाई प्रशिक्षण दिन डिजी स्कुलले साे कार्यक्रम गरेको हाे ।

संस्थाका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार कार्यक्रममा स्मार्ट सिटी र अत्याधुनिक प्रविधिबारे सहजीकरण गरिएकाे थियाे । बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको छ ।

नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउन् भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याइएको श्रेष्ठकाे भनाइ छ ।

आईजीसीएसई (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरी एजुकेसन) ले समेत ‘डिजी प्रोग्राम’ लाई मान्यता दिएको छ । कार्यक्रममा दशै एवं तिहारको अवसरमा आयोजित चंगा चेट प्रतियोगिताका विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई मेडल, ट्रफी, किबाेर्ड, हेडफोन, कप लगायत विभिन्न पुरस्कारसमेत वितरण गरिएको थियाे । 

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ २२:३१